बुटवल टेक्निकल कलेजलाई ७ दिने अल्टिमेटम !

२०७८ मंसिर २० गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) बुटवल टेक्निकल कलेजको मूल इकाई समितिले बुटवल टेक्निकल कलेजमा गम्भीर प्रकारका विकृति,विसङ्गति,समस्याहरू देखा परेको र त्यसले त्यस शैक्षिक संस्थामा अध्ययनरत बिधार्थीहरूको भविष्यमा नै प्रत्यक्ष असर परेकोले त्यसप्रति आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै ७ दिने अल्टिमेटमसहित कलेज प्रमुखलाई माग पत्र पेस गरेको छ । सो संगठन का संयाेजक शिशिर पाेख्रेलको हस्ताक्षरमा बुटवल टेक्निकल कलेजका प्रमुखलाई पेश गरेको ७ दिने अल्टिमेटम यस प्रकार रहेको छ – “हाम्राे महान तथा गाैरवशाली संगठन अनेरास्ववियू (क्रान्तिकारी) विगत देखि नै शैक्षिक क्षेत्रमा भएको बेथितिहरू निजीकरण,व्यापारीकरण, माफियाकरणकाे विरुद्ध लड्दै आइरहेकाे छ । साथै राष्ट्रियता, जनजीविका, जनतन्त्रकाे सवालमा पनि निरन्तर संघर्षरत रहेकाे अवगत नै छ । बुर्जुवा शिक्षा प्रणालीकाे विरुद्ध संघर्ष गर्दै त्यसकाे विकल्पमा वैज्ञानिक समाजवादी शिक्षा प्रणालीकाे पक्षमा दृढतापूर्वक बहस चलाउँदै आइरहेको छ ।यसै क्रममा यस बुटवल टेक्निकल कलेज बुटवलमा गम्भीर प्रकारका विकृति विसङ्गति,समस्याहरू देखा परेका छन् । जसले यस शैक्षिक संस्थामा अध्ययनरत बिद्यार्थीहरूकाे भविष्यमा नै प्रत्यक्ष असर परेकाे छ। यसप्रति हाम्राे संगठनकाे गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो संगठन तपशिलका समस्याहरूप्रति ध्यानाकर्षित गर्दै ७ दिने अल्टिमेटमसहित याे मागपत्र पेश गर्दछ ।१. मेकानिकलमा भर्ना गरि साे बिषय अध्यापन नै नगराइ अन्य बिषय अध्यापन गराइएकोले साे बिषयकाे भर्ना शुल्क फिर्ता गरियाेस् ।
२. विभिन्न बहानामा परीक्षा, ड्रेस,पुस्तक लगायतमा मनपरि लिइएको शुल्क फिर्ता गरियाेस् ।
३. बिद्यार्थीलाई झुक्याएर भर्ना गर्न बन्द गरियाेस् । त्यसबाट मर्कामा परेका सबै बिद्यार्थीलाई क्षतिपूर्ति व्यवस्था गरियाेस् ।
४. अनुमति लिइएको काेर्ष मात्र समयमै अध्यापन गराइयाेस् । अनुमति नै नलिइएकाे काेर्षकाे प्रचारबाजी गरेर बिद्यार्थी भर्ना गर्ने र बिद्यार्थीलाई अनावश्यक वहाना बनाइ झुलाउने काम बन्द गरियोस् ।
५. विभिन्न वहानामा बिद्यार्थीलाई परिक्षा दिनमा बिलम्व नगरियाेस् ।
६. बिद्यार्थीमाथि गरिएको मानसिक टर्चर, डर, धम्की दिन बन्द गरियाेस् ।
नाेट : ताेकिएकाे समयमै माग पूरा नभए थप संघर्षकाे कार्यक्रम तय गरिनेछ । यसकाे जिम्मेवार स्वयं संस्था नै हुनेछ । “

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु