विराटनगर विमानस्थल जलमग्न : उडान अबरुद्ध

२०७८ कार्तिक ३ गते, बुधबार


काठमाडौं । मोरङस्थित विराटनगर विमानस्थल जलमग्न भएपछि हवाई उडान अबरुद्ध भएको छ । लगातारको वर्षाले आसपासका नदीमा पानीको सतह बढ्दा विमानस्थल क्षेत्रमा बाढी पसेको हो । विमानस्थलको पश्चिमतर्फबाट बग्ने केसलीया खोलामा आएको बाढी विमानस्थलभित्र पसेको छ । रनवे र ट्याक्सी वे जलमग्न भएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थल प्रमुख उत्सव खरेलका अनुसार आज बिहानबाट विमानस्थलमा बाढीको पानी पसेको हो । विमानस्थल जलमग्न भएपछि आजका लागि तय गरिएका उडानहरु प्रभावित हुने भएका छन् । वि.सं. २०७४ सालमा आएको बाढी पस्दा विमानस्थल एक साताभन्दा बढी समय बन्द गर्नुपरेको थियो ।

प्रतिक्रियाहरु