काठमाडौंमा भदौ ८ गतेसम्म निषेधाज्ञा : राति ८ बजेपछि सवारी संचालनमा रोक

२०७८ श्रावण २६ गते, मंगलवार


काठमाडौं । काठमाडौं उपत्यकाका ३ वटै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कडाइका साथ भदौ ८ गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरेको बताइएको छ । यो निर्णयसंगै बिहीबारदेखि काठमाडौं उपत्यकामा अझै कडाइका साथ निषेधाज्ञा थपिने भएको छ । कोरोना भाइरसको संक्रमण उपत्यकामा बढ्दै जाँदा अझै कडाइका साथ निषेधाज्ञा थप हुने भएको हो । बिहीबारबाट लागू हुनेगरी निषेधाज्ञा जारी गर्दै राति ८ बजेबाट अत्यावश्यकबाहेक कुनैपनि सवारीहरु संचानल गर्न रोक लगाउने समेत निर्णय भएको छ । अत्यावश्यक अवस्थाका सवारीहरु भने जुसुकै बेला पनि चल्न पाउनेछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु