नेकपा बाजुराको सम्पर्क कार्यालय उद्घाटन

२०७८ श्रावण १४ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी बाजुराको जिल्ला सम्पर्क कार्यालय मार्तडीको बाउलिमा उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटन बुधबार जिल्ला सचिव एण्डिजले मैनबत्ती बालेर गरेका हुन् । साथै उक्त कार्यक्रममा ३५ जना नेता कार्यकर्ताको उपस्थिति रहेको प्राप्त समाचारमा जनाइएको छ । त्यसैगरी ‘जनसम्बन्ध तथा सङ्गठन सुदृढीकरण अभियान’ भन्ने नाराका साथ शुरु भएको २ महिने अभियानको बिदाई जिल्ला सचिव एण्डिजले गरेका छन् ।
अभियानको बिदाईमा स्थानीय जनताको पनि सहभागिता रहेको थियो । ४० जनाको सहभागिता रहेको अभियानमा झण्डा ब्यानरसहित अभियान टोलीलाई बिदाई गरिएको छ । बिदाईका क्रममा जनताको सम्बन्धलाई सुमधुर बनाउनुका साथै एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद प्राप्तिका लागि जनतालाई प्रशिक्षित र सङ्गठित गर्न आवश्यक रहेको एण्डिजले जोड दिए । अभियानका क्रममा जनताको आशा, भरोसाको केन्द्र नेपाल कम्युनिस्ट पार्टी नै रहेको र शसक्त ढङ्गले अगाडि बढेमा जनताको साथ रहने कुरा अभियान टोलीले आफ्नो अनुभव सुनाए ।
बिदाइका कार्यक्रममा जिल्ला सचिवालय सदस्य भरत, केशव, बिलास, विजय, त्रिवेणी र सचिव आकाश लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार