स्वीस बैंकमा नेपालीकाे बचत दोब्बरले बढ्यो !

२०७८ असार ५ गते, शनिबार


काठमाडौं । स्वीट्जरल्यान्डको केन्द्रीय बैंक स्वीस नेसनल बैंकले हालै सार्वजनिक गरेको विवरणमा नेपाली नागरिकले गरेको बचतमा दोब्बर वृद्धि भएको उल्लेख गरिएको छ । सन् २०२० मा नेपालीको स्वीस बैंकमा अहिलेको विनिमय दरअनुसार ४६ अर्ब ६४ करोड बचत रहेको उल्लेख छ भने सन् २०१९ मा स्वीस बैंकमा नेपालीले २२ अर्ब ७३ करोड बचत गरेको विवरण समेत जारी प्रतिवेदनमा उल्लेख छ ।
सन् २०२० मा भारतीयले स्वीस बैंकमा २० हजार ७ सय करोड भारु बचत गरेको पनि जनाइएको छ । भारतीय बचत १३ वर्ष यताकै उच्च रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । नेपालीको बचत भने सन् २०२० मा दोब्बर भएको देखिन्छ । यो रकम ब्याजसहितको हो ।
स्वीस बैंकले बचतकर्ताको गोपनियता कायम राख्ने भएकाले बचतकर्ताको नाम र संख्या भने उल्लेख गरेको छैन । वित्तीय जोखिम समेत कम हुने भएकाले बचतकर्ताको आकर्षण स्वीस बैंकमा हुने गरेको छ । २२४ देशका नागरिकले स्वीस बैंकमा रकम बचत गरेको देखिन्छ । कतिपय अन्तर्राष्ट्रिय निकायले सम्पत्ति शुद्धिकरणको मामिलामा सघाउन र पारदर्शीमा लचिलो बन्न स्वीस बैंकलाई दबाब दिने गरेका छन् । यद्यपि बैंक भने आफ्नो बचतकर्ताको गोपनियतामा कटिबद्ध छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार