खुला विश्वविद्यालयद्वारा व्यवस्थापन तथा कानून संकायमा भर्ना आह्वान

२०७८ असार ४ गते, शुक्रबार


काठमाडौं । नेपाल खुला विश्वविद्यालयले व्यवस्थापन तथा कानून संकाय अन्तर्गत विभिन्न तहमा शैक्षिक सत्र २०७८-०७९ का लागि अनलाईन भर्ना आवेदन खुला गरेको छ । विश्वविद्यालय मास्टर अफ बिजनेस एड्मिनिस्ट्रेस (एमबीए) दुई वर्षे सेमेष्टर स्नातकोत्तर कार्यक्रम, मास्टर अफ साईन्स इन डेभलभमेन्ट मेनेजमेन्ट एन्ड गोभर्नेन्स (एमएसडीएमजी) दुई वर्षे सेमेष्टर स्नात्तकोत्तर कार्यक्रम, ब्याचलर अफ ल (एलएलबी) तीन वर्षे वार्षिक स्नातक कार्यक्रममा भर्ना खुलाएको हो । भर्ना आवेदन फाराम विश्वविद्यालयको वेभसाईटमा गएर भनुपर्नेछ । आवेदकले सम्बन्धित शैक्षिक कार्यक्रमका लागि तोकिएको योग्यता पुगेका प्रमाणपत्रहरु स्क्यान गरेर अपलोड गर्नुपर्ने विश्वविद्यालयले सुचनामा उल्लेख गरेको छ । योग्यता पुगेका इच्छुक विद्यार्थीले साउन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । विश्वविद्यालयले प्रवेश परीक्षा पनि अनलाईन मार्फत लिने जनाएको छ । प्रवेश परीक्षा एमबीए तहका लागि साउन २३ गते सनिबार बिहान साढे आठ बजे, सोही दिन एमएसडिएमजीको दिउँसो तीन बजे र एलएलबी तहका लागि साउन ३० गते सनिबार बिहान साढे आठ हुने जनाएको छ ।
विश्वविद्यालयले एमबीएको आवेदन शुल्क १२ सय, एमएसडिएमजीको आवेदन शुल्क १२ सय र एलएलबीको लागि एक हजार तोकेको छ ।
आवेदन शुल्क नेपाल खुला विश्वविद्यालयको ग्लोबल आईएमई बैंक कीर्तिपुर शाखामा जम्मा गरी नगदी भौचर स्क्यान गरी आवेदन साथ अपलोड गर्नुपर्नेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु