रानीमहल क्षेत्र डुबानमा

२०७८ असार २ गते, बुधबार


काठमाडौँ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्र डुबानमा परेको छ । पर्यटकीयस्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन रिसोर्ट तथा पसल टहराहरु पूर्ण रुपमा डुबानमा परेका छन् । कालीगण्डकी तटमा निर्माण भएको रानीमहलमा सिजनमा दैनिक ३ हजारसम्म पर्यटक पुग्ने गर्छन् । अन्य समयमा समेत यही महल हेर्नका लागि पर्यटक जाने गर्छन् । रानीमहल तानसेन नगरपालिका–१३, बौघागुम्हामा पर्छ । तानसेनदेखि १३ किलोमिटर टाढा रहेको रानीमहल क्षेत्रमा नदी गहिरिएको र कटान गर्दै गएकाले खतरा बढेको सशस्त्र प्रहरीको गोताखोर टोलीको रिपोर्टमा उल्लेख छ । यहाँ नदीले रानीमहलतर्फ बढी क्षति पुऱ्याउँदै आएको छ । तत्कालीन जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा वि.स. १९५१ देखि ५४ सालसम्म यो महल बनाएका हुन् ।

प्रतिक्रियाहरु