७३ जिल्लामा निषेधाज्ञा

२०७८ बैशाख ३१ गते, शुक्रबार


काठमाडौं । गृह मन्त्रालयका अनुसार कोरोना संक्रमण बढ्दै गएपछि देशका ७३ जिल्लामा निषेधाज्ञा लगाइएको छ । खोटाङ, तेह्रथुम, पूर्वी रुकुम र मनाङबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी भएको छ ।
यसअघि जारी गरिएका निषेधाज्ञा लम्बिदै गएका छन् भने थप कडाई पनि गरिएको छ । सल्यान, गोरखा, बाजुरा, मकवानपुर, धनुषा, काभ्रे, झापालगायत जिल्लामा फेरि निषेधाज्ञाको समय थप गरिएको हो । सल्यान र गोरखामा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याईएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन् । यस्तै बाजुरामा जारी निषेधाज्ञालाई जेठ ७ गते राति १२ बजेसम्म पु¥याईएको छ । मकवानपुरमा पनि निषेधाज्ञा थप गर्दै जेठ १३ गतेसम्म पु¥याइएको छ । साथै प्रदेश नम्बर २ को धनुषामा १० दिन निषेधाज्ञा थप गरिएको छ ।
वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा थप गरेको हो । उता, झापामा पनि निषेधाज्ञा थपेर जेठ ७ गतेसम्म पु-याईएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु