उपत्यकाको निषेधाज्ञामा थप कडाई !

२०७८ बैशाख १९ गते, आईतवार

काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासनले सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्दै थप कडाइ गर्ने जनाएको छ । काठमाडौका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले अनुगमनका क्रममा सवारी र मानिसहरुको केही चाप देखिएकाले नियन्त्रणका लागि थप कडाइ गर्ने बताए । आज तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर थप निर्णय गर्ने उनले बताए ।
यस्तै समाचार संकलन गर्ने सञ्चारकर्मीहरुलाई पनि सूचना विभाग र प्रेस रजिष्टारको कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा मात्र हिडडुल गर्न दिइने भएको छ ।
यस्तै बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरुलाई पनि एक चौथाइ कर्मचारीमार्फत सेवा प्रवाह गर्न कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्देशन दिएको छ । कोरोना भाइरस संक्रमणको दर बढेपछि चेन ब्रेक गर्न भन्दै उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले गत बिहीबारदेखि एकसातासम्म निषेधाज्ञा लगाएका छन् । मन्त्रिपरिषद् बैठकले थप एकसाता निषेधाज्ञा लगाउने यसअघि नै निर्णय गरिसकेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार