चट्याङ्गवाट २ घरमा आगलागी

२०७८ बैशाख ३ गते, शुक्रबार


काठमाडौ । ओखलढुंगाको पश्चिम भेग लिखु गाउँपालिका–८ मझुवा भञ्ज्याङमा गएराति चट्याङ पर्दा दुई वटा घर जलेर पूर्णरुपमा जलेर नष्ट भएका छन् । लिखु गाउँपालिका अध्यक्ष गोविन्द पौडेल र ८ नम्बर वडाका वडाध्यक्ष विशाल पौडेलका दुईवटा घर जलेर ध्वस्त भएका हुन् । ठूलो हावाहुरीपछि मध्यराति परेको चट्याङ पर्दा घरमा आगलागी भएको थियो । घरमा कोही नबस्ने भएकाले मानवीय क्षति भने हुन पाएन । हावाहुरी र चट्याङ आएपछि आत्तिएर भागदौड हुँदा वडा अध्यक्ष पौडेलकी श्रीमती मिठु पौडेलको खुट्टा फ्याक्चर भएको छ । चट्याङ परेपछि घरमा आगलागी हुँदा घरभित्र रहेका नगद जिन्सी लगायत सबै भौतिक सामग्री नष्ट भएको छ । ठूलो आवाजसहित परेको चट्याङ र आगलागीले स्थानीय वासिन्दा रातभर त्रासमा बसेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार