नेकपा कञ्चनपुरद्वारा सहिद परिवारलाई सम्मान तथा अभिनन्दन

२०७७ चैत्र ३० गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले सहिद परिवारलाई सम्मान तथा अभिनन्दन गरेको छ । नगरपालिकाको वडा नम्वर १० तिल्केनिमा जनयुद्धका महान् सहिद तेजबहादुर कार्की ‘परिवर्तन’ को परिवारलाई गरिएको हो । जिल्ला पार्टी इन्चार्ज जीवनले सहिद परिवारलाई प्रमाणपत्र दिएर सम्मान गरेका हुन् ।
यसैबीच नेकपाको भिमदत्त नगरमा परिचालीत जनजागरण अभियान टोलीले तिल्केनीमै धनी बमको नेतृत्वमा १३ सदस्यीय सेल समिति गठन गरेको छ । उक्त कार्यक्रममा व्युरो सदस्य आजाद, बैतडीको दोगडा केदार गाउँपालिका इन्चार्ज दीपेन्द्र ऐरी, भीमदत्त नगर सचिव नरेन्द्र भाट लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
पार्टीमाथिको प्रतिबन्ध फुकवा भएपछि कञ्चनपुरमा नेकपाले संगठन विस्तार, भित्ते लेखन, जनश्रमदान, जनजागरण अभियान, जनसभा लगायतका काम तिब्र गतिमा अघि बढाएको इन्चार्ज जीवनले जानकारी गराएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु