रेल दुर्घटना : ३२ जनाको मृत्यु

२०७७ चैत्र १४ गते, शनिबार


काठमाडौं । इजिप्टमा रेल दुर्घटना हुँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ । इजिप्टको सोहाग प्रान्तस्थित तहता सहर नजिकै भएको दुर्घटनामा थप १ सय ६५ जना घाइते भएका छन् । कायरोबाट लक्सर र भू–मध्य सागरको नजिकैको बन्दरगाह अलेक्जान्ड्रियातर्फ जाँदै गरेको र कायरोबाट असवान शहरतर्फ गैरहेको रेल ठोक्किएर दुर्घटना भएका हुन् ।
गुडिरहेका दुवै रेलमा आपतकालीन ब्रेक लगाएपछि दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनापछि रेलका डिब्बाहरु लिकबाट बाहिर गएर पल्टिएका थिए । इजिप्टका राष्ट्रपति अब्दुल फताह अलसिसीले दोषीलाई कारवाही गर्ने प्रतिवद्धता जनाएका छन् । सन् २००२ मा इजिप्टमा गुडिरहेको रेलमा आगलागी हुँदा ३ सय ७३ जनाको मृत्यु भएको थियो ।- एजेन्सी

प्रतिक्रियाहरु