चीनले थप आठ लाख डोज खोप अनुदानमा दिने

२०७७ फाल्गुन १८ गते, मंगलवार


काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सामाजिक सञ्जाल ट्वीटर मार्फत चीनले पनि नेपाललाई कोभिड १९ विरुद्ध थप आठ लाख डोज खोप अनुदानमा दिने बताएकी छिन । शुरुमा नेपाललाई पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको चीनले थप ८ लाख सहित जम्मा १३ लाख डोज खोप उपलब्ध गराउने निर्णय गरेको हो ।
चीनको प्रतिबद्धताअनुसार नेपालले १३ लाख डोज सिनोफार्म खोप प्राप्त गर्नेछ । यो खोपलाई आपतकालिन प्रयोगका लागि सरकारले अनुमति दिइसकेको छ । यो खोप ८० प्रतिशत प्रभावकारी हुने जनाइएको छ । यसअघि भारतले १० लाख डोज खोप अनुदानमा दिइसकेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु