हुम्लामा भारी हिमपात

२०७७ पुष २९ गते, बुधबार


काठमाडौँ । हिउँले बाटो छेकेपछि हुम्लाको नाम्खा गाउँपालिका वडा नम्वर छ को लिमि गाउँ पाँच महिनाका लागि बन्द भएको छ । पछिल्लो हिमपात भएसँगै हिमालीपारीको गाउँ लिमी पाँच महिनाका लागि बन्द भएको हो । वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार लिमी छिर्ने दुईवटै नाका हिमपातपछि बन्द हुँदा लिमी उपत्यका लकडाउनमा परेको हो । हिमपातले लिमी प्रवेश गर्ने बाटोमा रहेको चार हजार छ सय मिटर अग्लो नारा लेक र पाँच हजार मिटर अग्लो न्यालु लेकको बाटो बन्द भएको हो । यो बाटो अब आगामी जेठ महिनामा मात्रै खुल्ने छ । दुवै नाकाहरुमा चार देखि पाँच फिट हिउँ जम्ने गरेको छ । टेलिकमको भिस्याट टेलिफोन सेवा बादल लाग्दा र हिमपात हुँदा बन्द हुनेछ ।
हिमपातपछि बाटो बन्द हुने भएका कारण स्थानीयले ६ महिनाका लागि दैनिक उपभोग्य सामान जम्मा गर्ने गर्दछन् । मंसिरमा खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीबाट ढुवानी अनुदानको सात सय क्वीन्टल खाद्यान्न लिमी पुर्‍याइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार