विद्यार्थीको अधिकारमाथि धावा बोलिनु अत्यन्तै खेदजनक’

२०७७ पुष २८ गते, मंगलवार


काठमाडौँ । अखिल क्रान्तिकारीले यहि पौष २६ गते मध्यपश्चिम बिश्वबिद्धालयमा आन्दोलनरत विद्यार्थीहरुमाथि विश्व बिद्यालय र प्रहरी प्रशासनको मिलेमतोमा गरिएको निर्मम दमन र धरपकड प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै आफ्ना जायज मागहरू बिश्वबिद्यालय समक्ष राख्न पाउने विद्यार्थीहरुको अधिकार माथि धावा बोलिनु अत्यन्तै खेदजनक भएको बताएको छ ।अखिल क्रान्तिकारीका कर्णाली ब्युरो संयोजक हर्कबहादुर बि क ले विज्ञप्ति जारी गर्दै उक्त घटनाको निष्पक्ष छानबिन गरि दोषी माथी कडा कार्बाही गर्न सम्बन्धित पक्षसङ्ग जोडदार मागसमेत गरेका छन।
यस बिषयमा अखिल क्रान्तिकारीका कर्णाली ब्युरो संयोजक हर्कबहादुर बि क ले विज्ञप्ति जारी गरेको विज्ञप्ति यस प्रकार रहेको छ – “यहि पौष २६ गते मध्यपश्चिम बिश्वबिद्धालयमा आन्दोलनरत विद्यार्थीहरुमाथि विश्व बिद्यालय र प्रहरी प्रशासनको मिलेमतोमा गरिएको निर्मम दमन र धरपकड प्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । आफ्ना जायज मागहरू बिश्वबिद्यालय समक्ष राख्न पाउने विद्यार्थीहरुको अधिकार माथि धावा बोलिनु अत्यन्तै खेदजनक छ ।
सामान्यतः बिश्वबिद्धालयहरुलाई खोज ,अध्ययन ,अनुसन्धान सहितको बौद्धिक एबम प्राज्ञिक थलोका रुपमा बुझिन्छ । तर नेपालका बिश्वबिद्धालयहरु सत्तासीन शक्तिको निहित स्वार्थको चङ्गुलमा छन । जसले गर्दा बिश्वबिद्धालयको गरिमा र महत्त्व माथी नै प्रश्न उठ्ने गरेको छ । मध्यपश्चिम बिश्वबिद्धालय पनि यसैको सिकार भएको तथ्य स्पष्ट नै छ । भ्रष्टाचारको अखडाको रुपमा रहेको यस बिश्वबिद्धालय लाई भ्रष्टाचार मुक्त बनाइ असल शैक्षिक थलोका रुपमा स्थापित गर्न जरुरी भएको बेला अध्ययनरत विद्यार्थीहरु , सम्बद्ध सरोकारवाला सबै पक्षहरु सङ्ग सहकार्य गर्न छोडेर फासिस्ट र क्रुर शैलीमा बिश्वबिद्धालय प्रशासन आफै उत्रिएको छ । प्रहरी प्रसासनको दुरुपयोग गरि आन्दोलनरत विद्यार्थीमाथी दमन गरिएको उक्त घटनाको हाम्रो सङ्गठन घोर निन्दा एबम भर्त्सना व्यक्त गर्दछ । साथै घटनाको निष्पक्ष छानबिन गरि दोषी माथी कडा कार्बाही गर्न सम्बन्धित पक्षसङ्ग जोडदार माग गर्दछौं । आन्दोलनरत विद्यार्थीहरुका मागहरूको तुरुन्तै समाधान गर्न हामी सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छौ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु