केन्द्रीय आयुर्वेद विद्यापीठ विद्यार्थी संघर्ष समितिद्वारा संघर्षकाे घाेषणा

२०७७ पुष २२ गते, बुधबार

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय, आयुर्वेद अध्ययन संस्थान, केन्द्रीय आयुर्वेद विद्यापीठका सम्पुर्ण विद्यार्थीहरूले अाफ्ना मागलाई ध्यान नदिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाउदै संघर्षको कार्यक्रम घाेषणा गरेका छन् । केन्द्रीय आयुर्वेद विद्यापीठ विद्यार्थी संघर्ष समितिले एक प्रेस विज्ञप्ति जारी गरी विद्यार्थीहरूको प्राविधिक र स्वास्थ्यजस्तो संवेदनशील विषयलाई गैरजिम्मेवार रूपले हेर्ने प्रयास गरिएको भन्दै घोर निन्दा प्रकट गर्दै क्याम्पस प्रशासनमा तालाबन्दी सम्मको संघर्षका कार्यक्रमहरु घाेषणा गरेको छ ।
केन्द्रीय आयुर्वेद विद्यापीठ विद्यार्थी संघर्ष समितिका अध्यक्ष अभय प्रताप चौवेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको संघर्षका कार्यक्रममा पुस २६ कलेज प्रशासनमा धर्ना दिने, २७ कालो झण्डा प्रदर्शन गर्ने, २८ नेपाल संस्कृत विश्वविद्यालय उपकुलपतिको कार्यालय, नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान डिनको कार्यलय, नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान प्रशासनमा तालाबन्दी गर्ने लगायतका रहेका छन् ।
विज्ञमा भनिएको छ -‘साथै यसबाट उत्पन्न हुने जटिल परिस्थिति जिम्मेवार विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गर्ने सम्बन्धित पक्षहरुनै साथै यसबाट उत्पन्न हुने जटिल परिस्थिति जिम्मेवारीता तथा जवाफदेहिता हुनेछ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु