उद्योग वाणिज्य महासंघ नयाँ नेतृत्व चयन गर्दै

२०७७ मंसिर १३ गते, शनिबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आज नयाँ नेतृत्व चयन गर्दै छ । महासंघको ५४ औं वार्षिक साधारणसभाको बन्दसत्र सम्पन्न भएसँगै आउँदो वरिष्ठ उपाध्यक्षलगायत पदाधिकारी चयनका लागि चुनाव हुन लागेको हो । ६३ पदका लागि १ सय २७ जनाको उम्मेदवारी परेको छ । बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने निर्वाचनका लागि काठमाडौका तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ ।
जिल्ला नगरतर्फका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा, एसोसिएटतर्फका लागि कार्की बैंक्वेट थापाथली र वस्तुगततर्फका लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदान हुनेछ । कोरोना संक्रमित मतदाताहरूका लागि पनि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा छुट्टै मतदानकोव्यवस्था मिलाइएको महासंघ निर्वाचन समितिले जनाएको छ । समितिका कुनै विवाद र समस्या नआए आजै राति मतपरिणाम आउने समितिले जनाएको छ । महासंघको वर्तमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन ।
वरिष्ठ उपाध्यक्षसहित अन्य बाँकी पदहरूमा मात्र चुनाव हुन लागेको हो । महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान समूहबीच तीव्र प्रतिस्पर्धा हुँदैछ ।
दुई जना कार्यसमिति सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन् । प्रदेश–१ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट सन्दीप अग्रवाल निर्विरोध चयन भएका हुन् । ६४ पदका लागि दुई वटा प्यानलबाट एक सय २३ जनाको उम्मेदवारी परेको छ ।
जिल्ला नगर समूहतर्फ १८ कार्यकारिणी सदस्यका लागि ३८ जना मैदानमा छन् । यस्तै, एसोसिएतर्फ १९ कार्यकारिणी सदस्यका लागि ३१ र वस्तुतगत संघतर्फ १४ पदका लागि २८ जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार