लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

२०७७ मंसिर १० गते, बुधबार


काठमाडौं । आज नोभेम्बर २५, आजवाट लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न सचेतना मुलक कार्यक्रम गरेर विश्वभर लैंगिक हिंसाविरुद्धको अभियान मनाउने गरिन्छ । महिलाविरुद्ध हुने सबै हिंसा अन्त्यको अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २५) देखि यो अभियान सुरु हुन्छ । यो वर्ष अन्तर्राष्ट्रिय दिवस तथा १६ दिने अभियान ‘लैंगिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने नाराका साथ मनाईँदै छ ।
यो वर्ष १६ दिने अभियानलाई कोरोना भाइरसको विश्वव्यापी महामारीसँग जोडिएको छ । महामारीको समयमा विशेष गरी महिलाहरुलाई अत्यावश्यक सेवामा पहुँच नपुगेको तथा हिंसाका घटना बढेको र सुरक्षित स्थानसम्म प्रभावितको पहुँच नपुगेको देखिएकाले अहिले र भविष्यमा आउन सक्ने यस्ता महामारीजन्य अवस्थामा लैंगिक आधारमा हुने हिंसा र फरक व्यवहार अन्त्यका लागि यो वर्षको अभियान केन्द्रित हुने संयुक्त राष्ट्रसंघले जनाएको छ ।
महिला तथा बालिकाहरुको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रुपमा स्थापित गरी लैंगिक समानता कायम गर्न नेपालमा २०५४ सालदेखि यस अवधिमा लैंगिक हिंसा विरुद्धमा विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउने गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

आज माघे संक्रान्ति

२०७७ माघ १ गते, बिहीबार

हुम्लामा भारी हिमपात

२०७७ पुष २९ गते, बुधबार

भुटानी शरणर्थी शिविरमा आगालगी

२०७७ पुष २८ गते, मंगलवार