अखिल (क्रान्तिकारी) द्वारा प्रदर्शन तथा कोणसभा सम्पन्न

२०७७ मंसिर ७ गते, आईतवार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीकाे साताैँ पार्टी पुनर्गठन दिवसको सन्दर्भमा अखिल (क्रान्तिकारी) ले उपत्यकाको विभिन्न ठाउँमा प्रदर्शन तथा कोणसभाहरू गरेको छ । अखिल (क्रान्तिकारी) CTEVT जिल्ला र पुर्वान्चल उपत्यकाकाे नेतृत्वमा भएको प्रदर्शन तथा कोणसभामा CTEVT संयोजक डिवी चन्दको संचालन रहेको कार्यक्रममा पुर्वान्चल क्षेत्रीय समन्वय समिति संयोजक लोकेन्द्र सार्की सम्बाेधन गरेका थिए ।
त्यस्तै काठमाडौंमा अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष गोविन्द विष्टले संचालन गरेको कार्यक्रममा संगठनका ईन्चार्ज मदन चन्दले सम्बाेधन गरेका थिए । यता अखिल (क्रान्तिकारी) ललितपुर जिल्ला र क्याम्पस जिल्लाकाे आयोजनामा ललितपुरको ग्वार्कोमा क्याम्पस जिल्ला अध्यक्ष तारा संज्यालको संचालन गरेको कार्यक्रममा संगठनका केन्द्रीय सदस्य नवराज भट्टले सम्बाेधन गरेका थिए भने पोखरा उपत्यका जिल्ला, काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय जिल्लाको आयोजनामा किर्तिपुरको त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस प्राङ्गणमा काेणसभा सम्पन्न भएको थियो । जसको संचालन संगठनका केन्द्रीय सदस्य ललित वि.क. र सम्बोधन केन्द्रीय सचिवालय सदस्य पुष्प न्यौपानेले गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु