केपी ओलीले ‘रअ ‘का प्रमुखलाई भेट्नु कुटनैतिक मर्यादा विपरीत

२०७७ कार्तिक ११ गते, मंगलवार
हस्तबहादुर केसी

यही २०७७ कार्तिक ६ गते बुधबार राती प्रधानमन्त्री केपी ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनलाइसिस विङ (” रअ ” )का प्रमुख सामन्तकुमार गोयललाई आफ्नै सरकारी निवास बालुवाटारमा भेटे । र तीन घण्टासम्म कुरा गरे।त्यो भेटघाट र कुराकानी अत्यन्तै गोप्य थियोे । त्यस भेटको क्रममा ओलीले परराष्ट्र मन्त्रालयका कुनै कर्मचारी वा व्यक्तिलाई राखेनन् । आफ्नै पार्टीका कुनै कार्यकर्तालाई पनि सहभागी बनाएनन् । सत्ताधारी नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यसरी अर्को देशको गुप्तचर विभागको प्रमुख लाई देश भित्र बोलाएर सरकारी निवासमै बोलाएर मध्य रातमा एक्लै ३/३ घण्टासम्म गोप्य रुपमा भेट गर्नु र गोप्य रुपमा कुराकानी गर्नुलाई कुटनैतिक मर्यादा विपरीत भएको भनेर आज सर्वत्र रुपमा आलोचना र विरोध भइरहेको छ। आफ्नै सत्ताधारी नेकपा भित्रैबाट पनि व्यापक रुपमा विरोध भइरहेको छ ।
यस घटनाले प्रधानमन्त्री केपी शर्मा ओली नेपालका प्रधानमन्त्री भए पनि उनी भारतीय खुपिया संस्था ” रअ ” कै एक इमानदार सदस्य हुन् कि भन्ने आशंका पैदा भएको छ । भारतले दक्षिण एशियाका अर्थात् सार्क राष्ट्रका अन्य देशहरूमा पनि ” रअ ” सदस्य बनाउदै आएको कुरा साँचो हो ।
केपी शर्मा ओली भारतकै योजना र इसारामा चल्दछन् भन्ने कुरा त २०४३ साल असोज ४ गते मध्ये रातमा नेपालको संसदबाट आफ्नै पार्टी तत्कालीन एमाले भित्र व्यापक रुपमा विरोध हुदाहुदै पनि केपी ओलीकै जिध्दिले दुई तिहाई बहुमतबाट महाकाली सन्धि पारित भए बाटै प्रमाणित भएको कुरा हो । उनलेे त्यतिबेला भनेका थिए ” यदि महाकाली सन्धि अनुमोदन गर्ने होइन भने हामीलाई भारतबाट १ खर्ब , २० करोड बार्षिक घाटा हुन्छ भन्ने तर्क गरेका थियो । आजसम्म महाकाली सन्धि भएको २४ वर्षसम्म त्यस सन्धिको डिपिआरसम्म बनेको छैन र भारतबाट नेपाललाई राष्ट्रघात बाहेक १ पैसा पनि फाइदा भएको छैन ।


केपी ओलीलाई नेपालको राजनीतिमा कल्ले चिनेको छैन र ? उनी भारतीय विस्तारवादी शासकहरुका बफादार व्यक्ति हुन । राजनीतिक शक्तिमा आएदेखि नै उनी भारतीय शासकहरुका सामु लम्पसार परेर आत्मसमर्पण गर्दै आएकाा छन् राष्ट्रिय स्वाधीनतालाई धरापमा पार्दै आएका छन् । महाकाली सन्धि उनको पहिलो उदाहरण हो । विपक्षीहरुका कुनै सुझाव र विरोधहरुलाई कुनै वास्त नगरेर राष्ट्रियता जस्तो संवेदनशील विषयमा पनि कुनै सरोकार नराखेर बलियो देखिनु पछाडिको मुख्य कारण भारतीय शासकहरुको आडभरोसा र निर्देशनमा चलेको हुनाले हो भन्ने कुरा स्पष्ट नै छन् । केपीहरु आफै चल्दैनन् भारतीय विस्तारवादी शासकहरुको बलमा चल्ने गर्दछन् । यो कुरा पहिलेदेखि नै प्रमाणित हुदै आएको कुरा हो ।
मुलुक कोरोना कहरका कारण गंभीर संकटमा परिरहेको बेला भारतीय गुप्तचर विभाग प्रमुख सामन्तकुमार गोयल एक्कासि किन नेपाल आए र केपीले परराष्ट मन्त्रााााल र आफ्नै पार्टीका कुनै पनि नेता कार्यकर्ता वा नेपाली खुपिया विभागलाई समेत कुनै सुइँको समेत नदिए सरकारी निवास बालुवाटारमा ब‍लाएर ३/३ घण्टासम्म किन गोप्य कुरा गरेर बसे र उनी भारत फर्के पछि मात्रै प्रेस सल्लाहकारले प्रेस नोट जारी गरेर सूचना दिए भन्ने कुराले नेपालको राजनीतिमा व्यापक चर्चा पायो । र अर्को भारतीय दलालको रहेको नेपाली काँग्रेसले सबैभन्दा बढी उफ्रेर यसको विरोध गरेको पाइयो ।
क्रान्तिकारी माओवादी , विप्लव नेतृत्वको नेकपाले विज्ञप्ति जारी गरेर केपी ओलीबाट राष्ट्रिय स्वाधीनता धरापमा परेको र निकट भविष्य मै केपी ओलीबाट राष्ट्रियताको सवालमा अनिष्ट कार्य हुन सक्ने आसयको संकेत समेत गरेका छन् । केपी ओलीले यश प्रकारको गंभीर प्रश्न उठ्न सक्ने सम्मको हुर्मत गर्नुको पहिलो कारण : उनी यतिबेला मुलुकमा कोर‍ोनाले सैयौ नेपाली नागरिकले ज्यान गुमाइरहेका र दिनहुँजसो हजारौं नेपाली नागरिक कोरोनाबाट संक्रमित भइरहेको अवस्थामा ओली नेतृत्व कै दलाल सरकारले pcr परिक्षण विरामी स्वयंले गर्नुपर्ने र सरकारले निशुल्क गर्न नसक्ने भन्दै दुबै हात उठाएर समस्या समाधान गर्ने कार्यबाट पछि हटेपछि दलाल सरकारको सर्वत्र विरोध र भण्डाफोर भएर नांगिन पुगेको बेला जनताको ध्यान अनेत्रै मोडेर जनताको विरोधबाट बाँच्नका लागि गरिएको षड्यन्त्रको रुपमा बुझ्नुपर्ने हुन्छ । पहिलेदेखि नै केपी ओलीले यश प्रकारका खेल खेलेर आफूलाई बचाउने , अपराधहरुलाई संरक्षण गर्ने कार्य गर्दै आएका छन् ।
निर्मला पन्त बलत्कार तथा हत्याकाण्ड होस या वाइडवडी जहाज भ्रष्टाचारकाण्ड होस वा यति काण्ड र प्रिन्टिङप्रेस मिट काण्ड होस या ओम्नी कम्पनी भ्रष्टाचार काण्ड होस वा रुकुम पश्चिम सोतीमा घटाइएको जातीय नरसंहार होस हरेक काण्ड र अपराधहरुलाई ढाकछोप गर्न र अपराधीहरुलाई यस्तै प्रकारका मुलुकमा तरंग पैदा गर्ने खालका विषयहरु तेर्साएर घटनाक्रमलाई अनेत्रै मोड्ने कार्य गर्दै आउने र नेपाली जनतालाई उल्लु बनाउने कार्य जुन गर्दै आएका छन् त्यस्तै भारतीय खुपिया संस्था “रअ ” का प्रमुख सामन्तकुमार गोयललाई मध्य रातमा बालुवाटार बोलाएर ३/३ घण्टा वार्ता गरेको देखाउनुलाई पहिलेकै कडीलाई नयाँ रुप देखाएको हो भन्ने बारेमा बुझ्न जरुरी हुन्छ ।
केपी ओली भनेको एक नम्बरको ढाँट र सिल्ली नेता हो भन्ने बारेमा त महाकाली सन्धि गर्ने बेलादेखि नै नेपाली जनताले चिन्दै आएका छन् । यश विषयमा धेरै चर्चा गर्न जरुरी छ‌ैन ।
कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्रको भूभाग भारतले गाभिरहेको अवस्थामा र नेपाल भारत बिचको सम्बन्ध चिसिएको बेला नेपालको कार्यकारी प्रमुखले एउटा भारतीय कर्मचारी सरहको ब्यक्तिको हैसियतमा गिरेर नेपालको राष्ट्रियता , राष्ट्रिय स्वाधीनता , सार्वभौमिकता र क्षेत्रीय अखण्डता जस्तो संबेदनसिल विषयमा त्यसरी गोप्य भेटघाट गर्नु र वार्ता गर्नुले गंभीर चिन्ताको विषय बन्नु स्वनभाविकै हो । यश प्रकारका घटना परिघटनाहरुबाट नेपाली जनताले नेपालका दलालहरुलाई चिन्ने मौका मिल्छ नै । धेरै आत्तिनु पर्ने विषय चाहिँँ होइन तर सजक्ता भने अपनाउनु पर्ने हुन्छ । किनकि केपी ओलीबाट मुलुकको निम्ति ठूलै राष्ट्रघात पनि सक्छ । केपी ओलीहरु दिन पल्केका छन् । भारतीय विस्तारवादी शासकहरु दिन र खान पल्केका छन् । अब जनता तयार हुन जरुरी छ । जनता नै सर्वमान्य शक्ति हो । जनता गाउँ गाउँ बाट , बस्ती बस्तीबाट , गल्ली गल्लीबाट उठ्न जरुरी छ ।

  • लेखक : अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु