देउवाद्वारा दशैँ भत्ता फिर्ता गर्न निर्देशन

२०७७ कार्तिक ३ गते, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्नो दलका सांसदलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन । सभापति देउवाले पार्टीको संसदीय दलमार्फत् सबै सांसदलाई दसैं भत्ता संसद सचिवालयलाई नै फिर्ता गर्न निर्देशन दिएका हुन् । कोरोना महामारी र कतिपय सांसद चाडपर्व मनाउन उपत्यका बाहिर गइसकेकोले तत्काल संसदीय दलको बैठक राख्न सम्भव नभएपछि देउवाले दसै भत्ता फिर्ता गर्न निर्देशन दिएको संसदीय संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले बताए । कांग्रेस सांसदहरूले संसदीय दलमै छलफल गरेर सबै सांसदको भत्ता फिर्ताको निर्णय गर्नुपर्ने माग गरेका छन् ।
कोरोना महामारीका बेला दसैं भत्ता लिनु उपर्युक्त नहुने भन्दै काँग्रेस सांसदहरुले भत्ता फिर्ता गरेको प्रमुख सचेतक खाँडले बताए ।प्रतिनिधिसभामा कांग्रेसका ६३ र राष्ट्रिय सभामा ६ जना सांसद रहेका छन् । संघीय सांसदहरूले ६४ हजार ७० रूपैयाँ दसैं भत्ता पाएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु