अखिल (क्रान्तिकारी) ईलामद्वारा रक्तदान

२०७७ आश्विन ३ गते, शनिबार

काठमाडौँ । अखिल (क्रान्तिकारी) ईलाम जिल्ला समितिले कोरोना भाइरस महामारीका कारण ईलाम जिल्लामा देखिएको रगत अभाव पूर्ति गर्न रक्तदान कार्यक्रम सम्पन्न भएको जनाएको छ ।
पछिल्लो समयमा जिल्लामा रगतको ज्यादै अभाव भैरहेको र सङ्गठनको केन्द्रीय समितिको निर्देशनअनुसार कुनै बिरामी रगत अभावका कारण अकालमै ज्यान नजाओस्, हाम्रो सानो सहयोगले बिरामीहरूलाई राहत पुगोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको अखिल (क्रान्तिकारी) ईलामले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु