पछिल्लो २४ घण्टामा २०२० जना कोरोना संक्रमित थपिए

२०७७ आश्विन २ गते, शुक्रबार


काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा दुइ हजार बीस जना कोरोना संक्रमित थपिएका छन् । ११ हजार ४५८ वटा पीसीआर परीक्षणमा २०२० जनामा संक्रमण पुष्टि भएको सो मन्त्रालयले जनाएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ६१,५९३ पुगेको छ । मन्त्रालयका अनुसार ८७१ जना संक्रमित निको भएका छन् । शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना रहेका छन् र होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन् ।पछिल्लो २४ घण्टामा कोरोना संकमणबाट थप ७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु