कहाँ छ , नेपाल कम्युनिष्ट पार्टी ?

२०७७ भाद्र १७ गते, बुधबार


काठमाडौँ । नेपाल सरकारको ‘पूर्व–पश्चिम रेलमार्ग’ काँकडभिट्डादेखि कञ्चनपुरको गड्डाचौकीसम्म बनाउने लक्ष्य छ । रेल विभागले रेलमार्गको एउटाबाहेक सम्पूर्ण खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको र बाँकी एउटा खण्डको पनि डीपीआर एक वर्षभित्र तयार हुने बताएको छ । यसैक्रममा रेल विभागले पूर्व पश्चिम रेल्वे लाइन निर्माण गर्ने क्रममा गत असारमा इनरुवा–काँकडभिट्टा (एक सय ५ किमि) खण्डको रेल्वे ट्र्याकबेड निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । बोलपत्रमा ठेकेदारको अनुभवमा रेल्वे ट्र्याकबेड निर्माण गरेको हुनुपर्ने सर्त राखिएको थियो । बोलपत्रमा नयाँ प्रावधान घुसाउनेमात्र नभएर सार्वजनिक खरिद ऐन लत्याउने काम पनि गरिएको थियो । ऐनले कुनै पनि आयोजनाका लागि बोलपत्र आह्वान गर्नुअगाडि आयोजना स्थलमा जग्गा मुआब्जालगायतका सबै काम पूरा (क्लियर) हुनुपर्ने भनेको तर अहिले बनाउन लागिएको रेल्वे ट्र्याकबेड क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्नेबाहेक कुनै काम भएको छैन । करिब ३५ अर्ब रुपैयाँको यो ठेक्काका विभिन्न ५४ खण्ड छन् । डेढ दर्जन व्यवसायीले झिनो प्रतिस्पर्धा देखाएर दुईचारवटाका दरले सबै ठेक्का हात पार्ने चाँजोपाँजो मिलाइएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्र र केही ठेकेदारबीचको मिलेमतोमा सीमित व्यवसायीले प्रतिस्पर्धा गर्न मिल्ने गरी बोलपत्रमा प्रावधान घुसाएर चलखेल गरिएको हो जसका कारण १० अर्बभन्दा बढी रुपैयाँ भ्रस्टाचार हुने देखिन्छ । यसरी विभागका महानिर्देशक मिश्रसहितको मिलेमतोमा ठेक्का हात लगाउनेमा रमेश शर्मा (शर्मा एण्ड कम्पनी), ग्यालजे शेर्पा ( गोल्डेन गुड कन्ट्रक्सन ), जिपछिरिङ लामा (लामा कन्स्ट्रक्सन) , विक्रम पाण्डे (कालिका कन्स्ट्रक्सन) र निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहसहित केहि ठेकेदार रहेको बुझिएको छ ।
यसरी भ्रस्टाचार हुन् थालेपछि आम नागरिकले र पिडित ठेकदारहरुले नेपाल कम्युनिष्ट पार्टीलाई सम्झिएको स्रोतले बताएको छ । रेल्वे ट्र्याकबेड निर्माणका नाममा अर्वौ रुपयाँ चलखेल हुन् थालेको भन्दै बिभिन्न संचार माध्यमवाट समाचार सार्वजनिक भएपनि सरकार र सरोकारवाला निकायहरुले कुनै चासो नदेखाएपछि उनीहरुले नेपाल कम्युनिष्ट पार्टीलाई सम्झिएका हुन् । गाउँमा सामान्य भ्रस्टाचार गर्नेलाई कारवाही गर्ने नेपाल कम्युनिष्ट पार्टी यसरी अर्वौ भ्रस्टाचार हुदा के गरेर बसेको छ ? यदि साच्चिकै नेपाल कम्युनिष्ट पार्टी रास्ट्र र जनताको लागि संघर्षको मैदानमा उत्रिएको हो भने यस्ता भ्रस्टाचारीलाई तत्काल कारवाही गर्नुपर्छ । जसमा आमसचेत नागरिकको साथ र सहयोग रहनेछ भन्दै उनीहरुले नेपाल कम्युनिष्ट पार्टीलाई सम्झिएको स्रोतले बताएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु