खानेपानी संस्थानका कार्यालय प्रमुख १० लाख घुससहित पक्राउ

२०७७ श्रावण २६ गते, सोमबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खानेपानी संस्थान बुटवल, रूपन्देहीका कार्यालय प्रमुख इन्जिनियर सन्तोष साह १० लाख ५५ हजार श्रोत नखुलेको रकमसहित पक्राउ गरेको छ । अख्तियारको टोलीले खानेपानी संस्थान बुटवलको लु १ ञ ९५ नम्बरको गाडीमा काठमाडौंतर्फ आउँदै गर्दा धुनिबेंसी नगरपालिका–८ खानीखोलाबाट उनलाई पक्राउ गरेको हो । उनको साथबाट स्रोत नखुलेको २ लाख ३३ हजार ५ सय रुपैयाँ नगद र बैंकमा रकम जम्मा गरेको ८ लाख २२ हजार रुपैयाँको भौचर बरामद भएको अख्तियारले जनाएको छ ।
इन्जिनियर साहले खानेपानी शाखा कार्यालयका विभिन्न व्यक्तिसँग घुस रकम लिएर काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु