अखिल नेपाल शिक्षक संगठनद्वारा शिक्षक दरबन्दी मिलान र विद्यालय समायोजनको कार्य प्रक्रिया तुरुन्तै अगाडि बढाउन अपिल

२०७७ श्रावण २२ गते, बिहीबार

काठमाडौं । अखिल नेपाल शिक्षक संगठन , चितवनले ‘शिक्षक दरबन्दी मिलान तथा विद्यालय समायोजन कार्यविधि, २०७६’ अनुसार शिक्षक दरबन्दी मिलान र विद्यालय समायोजनको कार्य प्रक्रिया तुरुन्तै अगाडि बढाउन अपिल गरेको छ। हाल कोभिड-१९ र बन्दाबन्दीका कारण देखाइ विद्यालय व्यवस्थापन समितिले कार्यरत् शिक्षकहरूसँग कुनै पनि अन्तरक्रिया नगरीकन एकल निर्णय गरेर निजीस्रोतका शिक्षकलाई तलब नदिएको , बेतलवी बिदामा राखेको र कतिपय विद्यालयले शिक्षकलाई निष्कासन समेत गरेकाले संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाउदै विद्यालयले राजनीति आग्रह र पूर्वाग्रह नराखी आपसी छलफल र समझदारीबाट समस्या समाधानार्थ यस संगठन सम्बन्धित पक्षसँग अनुरोधसमेत गरेको छ ।
यस बिषयमा अखिल नेपाल शिक्षक संगठन,चितवनका अध्यक्ष हीरामणि चापागाईंले जारी गरेको विज्ञप्ति यस प्रकार रहेको छ – “१) सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयहरूले निजीस्रोतमा शिक्षक नियुक्ति गर्दा विज्ञापन मार्फत् परीक्षाको प्रक्रिया पूरा गरी शिक्षकलाई नियुक्त गर्ने गरेको प्रावधान छ।तर,हाल कोभिड-१९ र बन्दाबन्दीका कारण देखाइ विद्यालय व्यवस्थापन समितिले कार्यरत् शिक्षकहरूसँग कुनै पनि अन्तरक्रिया नगरीकन एकल निर्णय गरेर निजीस्रोतका शिक्षकलाई तलब नदिएको , बेतलवी बिदामा राखेको र कतिपय विद्यालयले शिक्षकलाई निष्कासन समेत गरेकाले यस संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।विद्यालयले राजनीति आग्रह र पूर्वाग्रह नराखी आपसी छलफल र समझदारीबाट समस्या समाधानार्थ यस संगठन सम्बन्धित पक्षसँग अनुरोध गर्दछ।साथै यस गम्भीर विषयमा महानगरपालिका र नगरपालिकाहरूले चासो नदेखाएको र समस्या समाधान गर्न नखोजेकाले पालिकाहरूप्रति पनि यस संगठनको ध्यान केन्द्रित भएको छ।शिक्षकका समस्या समाधान गर्नका लागि सहयोगी भूमिका खेल्न चितवनस्थित सम्पूर्ण पालिकाहरूलाई अनुरोध समेत गर्दछ।
२) भरतपुर महानगरपालिका स्थानीय राजपत्र भाग-२ को ‘शिक्षक दरबन्दी मिलान तथा विद्यालय समायोजन कार्यविधि, २०७६’ अनुसार शिक्षक दरबन्दी मिलान र विद्यालय समायोजनको कार्य प्रक्रिया तुरुन्तै अगाडि बढाउन समेत हार्दिक अपिल गर्दछ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु