प्रधानमन्त्री ओलीको दुखेसो : ‘यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध ‘

२०७७ श्रावण २० गते, मंगलवार


काठमाडौं, २० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस निर्मूलन र अन्त्यको लागि गरिएको कार्यलाई बिरोध गर्ने माध्यम बनाएको भन्दै असन्तुष्टि जनाएका छन । कोरोना भाइरसको जोखिम बढेकोले अब कस्तो रणनीति बनाउने भन्ने बिषयमा बिज्ञहरुसँग परामर्श गर्न आयोजित छलफलमा उनले संकटलाई बिरोध गर्ने अबसर बनाइएको बताउदै जे गरेपनि धर नपाएकाे गुनासाे गरे । उनले भने – ‘यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध । कहिले लकडाउन किन भनेर विरोध । कहिले लकडाउन खोलेको भनेर विरोध । महामारी सबैको चुनौती हो, कसैले पनि यसलाई विरोधको अवसर ठान्नु हुँदैन।’
बिज्ञहरुसहित प्रतिपक्षी दलसमेतको छलफलमा कोरोना महामारी अन्त्य गर्न सरकारको अभ्यासले मात्र नपुग्ने बताइएको थियो । त्यसका लागि नागरिकस्तरबाट पनि सहयोग आवाश्यक रहेको विज्ञहरुको भनाइ थियो ।
बैठकमा सहभागी प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि लकडाउन गर्ने/नगर्ने बारे समुदायमा कोरोना संक्रमणको स्तर हेरेर निर्णय लिन सुझाव दिएका छन् ।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईंले सरकारले प्रतिदिन १८ हजार व्यक्तिको परीक्षण गर्न सक्नेगरी ल्याबको स्थापना गरिएको र हालसम्म ४ लाखको पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको जानकारी दिएका छन् । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणबारे प्रधानमन्त्री ओलीले विज्ञहरूसँग परामर्श गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारको छलफलमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहभागी थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु