प्रहरीद्वारा सङ्कटकालको झझल्को: घरघरमा खानतलासी

२०७७ श्रावण १६ गते, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी प्युठानले सङ्कटकालको झल्को दिने गरी प्रहरीले धरपकड र छापामार्ने काम गरेको भन्दै उक्त हर्कत बन्द गर्न आग्रह गरेको छ । नेकपाका प्युठान सेक्रेटरी अजयले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीले जनजीवन अस्तव्यस्त बनेको बेला सरकारले देशव्यापी गिरफ्तारी, धरपकड र ज्यादती गर्दै आइरहेको भन्दै प्युठानमा पनि प्रहरी घरघरमा पुगेर छापामार्ने र घर खानतलासी गरेको उल्लेख गरेका छन् । शुक्रबार जारी प्रेस विज्ञप्तिमा नेकपाका जिल्ला सेक्रेटरी अजयको उदयपुरकोटस्थित घरमा गई प्रहरीले छापामारेको र परिवारका सदस्यलाई मानसिक यातना दिएको उल्लेख छ । यस्तै बिहीबार प्युठान २ दाखाकोटमा पनि स्थानीय नरबहादुरको घरमा प्रहरीले विप्लव नेकपाका कार्यकर्तालाई किन खाना खान दिएको भन्दै घरमा तोडफोड गरेको विज्ञप्तिमा उल्लेख छ । नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको हनन गरेको भन्दै वर्तमान सरकार दमनअभियानमा सक्रिय भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु