वालुवाटारको सडकमा अस्ट्रिच !

२०७७ श्रावण ६ गते, मंगलवार

काठमाडौं । काठमाडौं वालुवाटारको सडकमा अस्ट्रिच देखेपछि एकाएक जाम भयो । आज बिहान ११ बजेतिर सडकमा अस्ट्रिच अतालिएर यताउता कुदिरहेको थियो । सडकमा अलमलिएको अस्ट्रिच हेर्न मानिसहरु झुम्मिएका थिए । यात्रु तथा बटुवाहरु फोटो–भिडियो खिच्न ब्यस्त थिए । सडकमै यता उता गरिरहेको अस्ट्रिचका कारण गाडीहरु रोकिएका थिए । गाडीको हर्नका कारण अस्ट्रिचले कता जाने मेलोमेसो नपाएर सडकमा दौडिरहेको देखिन्थ्यो । अष्ट्रिज हेर्नकै लागि सवारी साधन रोकिएका कारण त्यहाँ ट्राफिक जाम भएको थियो ।
स्थानीयका अनुसार नजिकै रहेको एक रेस्टुरेन्टले पालेको अस्ट्रिच बाहिर निस्किएको हो । हाल नेपालमा मासुका लागि अस्ट्रिचको व्यावसायिक पालनसमेत भइरहेका छन्।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु