नेपालको सार्वभौािमकता बेचेर आफ्नो कुर्सीको आयु लम्ब्याउने षड्यन्त्रकारी, राष्ट्रघाती र जनविराधी कदम : मिलन

२०७७ बैशाख २८ गते, आईतवार


काठमाडौं , २८ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले नेपाली सार्वभौमिकतामाथि हाकाहाकी धावा बोलिँदा पनि ओली सरकार लाचार बनेर चुप लाग्नु नेपालको सार्वभौािमकता बेचेर आफ्नो कुर्सीको आयु लम्ब्याउने षड्यन्त्रकारी, राष्ट्रघाती र जनविराधी कदम भएको ठोकुवा गरेको छ ।
सो पार्टीका उपत्यका विशेष ब्युरो इन्चार्ज मिलनले आज एक बिज्ञप्ती जारी गर्दै सो ठोकुवा गरेका हुन् । उनले यस्तो मानवमृत्युको महामारीमा पनि हाम्रो पार्टीका नेता तथा कार्यर्तामाथि झुट्टा मुद्दा लगाउने, गिरफ्तारी गर्ने, धरपकड गर्ने कार्यलाई तीव्र पारिएको छ । यसले एकातिर ओली सरकार आफैँ यही महामारीको निहुँमा क्रान्तिकारीहरूमाथि जघन्य अपराध गर्नतिर उद्यत भइरहेको देखिन्छ भने अर्कोतिर जनतालाई एकीकृत जनक्रान्तिमा लामबद्ध हुँदै विद्रोहमा उत्रन मार्ग प्रशस्त गरेको ठोकुवा गर्दै ओली सरकारको यस प्रकारको जघन्य मानसिकताबाट सजग रहन विज्ञप्तिमार्फत अपिल अपिल समेत गरेका छन ।
उपत्यका विशेष ब्युरो इन्चार्ज मिलनको बिज्ञप्तीमा अगाडी भएको छ – ” सरकारको हरेक प्रकारको आपराधिक तथा जनविरोधी क्रियाकलापको सशक्त प्रतिरोध गर्दै यो महामारीबाट मानव समुदायले विजय प्राप्त गर्न सबै सचेत रहन अनिवार्य छ । त्यसको लागि हाम्रो पार्टी विविध कार्यक्रम र कार्ययोजनाका साथ जनताका बिचमा पुगिरहेको कुरा पनि र्विविदितै छ । सम्पूर्ण तह र तप्काका जनसमुदायलाई दलाल फासिवादीतन्त्रका विरुद्ध गोलबन्द हुँदै विद्रोहमा उत्रन हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी, उपत्यका विशेष ब्युरो यसै प्रेस विज्ञप्तिमार्फत हार्दिक अपिल गर्दछ । ”
यस बिषयमा उपत्यका विशेष ब्युरो इन्चार्ज मिलनले जारी गरेको बिज्ञप्तीको पूर्ण बिबरण यस प्रकार रहेको छ – ” हाम्रो जनप्रिय तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने युगान्तकारी अभियानमा रहेको व्यहोरा यहाँहरू सबैमा अवगत नै छ । नेपालमा दलाल पुँजीवादी संसदीय व्यवस्था तीव्ररूपमा असफल हुँदै गर्दा, एकीकृत जनक्रान्तिले एकपछि अर्को सफलताको सिंढी चढिरहेको सन्दर्भमा विश्वमहामारीको रूपमा कोरोना भाइरस ‘कोभिड १९’ को मानव समुदायले सामना गर्नुपरिरहेको छ । साम्राज्यवादी असफलताका रूपमा आएको कोरोना महामारीको समयमा पनि ओली सरकार भ्रष्टाचार, कुर्सी छिनाझम्टी, अनियमितता, राष्ट्रघात गर्न उद्यत हुनुले हामी अत्यन्त गम्भीर भएका छौँ ।
चरम फासिवादी जगमा उभिएको वर्तमान सरकारले जनतालाई योजनाविहीन लकडाउन गरेर सरकार र सरकारी पार्टीनिकट मान्छेलाई खुलमखुला छोडिदिएको छ । कोराना उपकरण खरिद प्रक्रियामा करौडौँ रकम भ्रष्टाचार तथा अनियमितता गरिरहेका छन् । यो सरकारले राहतमा पनि ठूलो विभेद गरेको जनगुनासो छ । झन्डै एक अरब रुपैयाँ बराबरको राहत बितरण गरिएको भन्ने सरकारी तथ्याङ्क छ तर जनताले त्यसको कुनै अुनभूति गर्नसम्म पाएका छैनन् । सरकार भाटभटेनीलगायत कर्पोरेट पुँजीवादको नेपाली एजेन्टहरूको पक्षमा उभिँदै साना व्यापारीलाई दमन गर्दै आएको छ । सरकार भाटभटेनी खोल्ने अनुमति दिन्छ तर भुइँमान्छेहरूको जीवननिर्वाह गर्ने बाटो बन्द गर्दछ । हामी घरानियाँहरूको पक्षमा उभिँदै आधारभूत जनताको विरुद्ध क्रियाशील सरकारी रवैयाको घोर भत्र्सना गर्दै यस प्रकारको कार्यप्रति गम्भीर आपत्ति प्रकट गर्दछौँ ।
लकडाउनपछि मात्र झन्डै दर्जनौँ मजदुर–किसान आत्महत्या गर्न बाध्य भएको घटनाले सरकारलाई कहीँ कतै छोएको देखिँदैन । यो सरकार उत्पीडित तथा श्रमजीवी समुदायलाई आत्महत्या गर्न बाध्य पार्दै छ । संसारभरबाट नेपाली श्रमिकहरू सकुशल स्वदेश फर्कन हारगहार गरिरहेका छन् । कैयौँ नेपाली सिमानामा चिल्लीबिल्ली छन् तर यो भ्रष्ट सरकार कानमा तेल हालर बसेको छ । देशमा यत्रो मानवीय सङ्कट चुलिएको अवस्थामा पनि दलालहरू आफ्नो स्वार्थ र कुर्सीको छिनाझम्टीमा मरिहत्ते गरेर संसारलाई हँसाएका छन् । सरकार प्रमुखकै निर्देशन र मिलोमतोमा कमरेड कुमार पौडेलको हत्याका योजनाकार पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल, सांसद्द्वय किसान श्रेष्ठ र महेश बस्नेतहरू सांसद अपहरणजस्तो घृणित र तुच्छ कार्यमा लागेको घटनाले उनीहरूको चरित्रलाई झनै छर्र्लङ्ग पारेको छ । सरकारले ओम्नी र यतिजस्ता बद्नाम र भ्रष्ट संस्थाहरूसित अपारदर्शी र संदिग्ध सम्बन्ध राखिरहेको छ ।
भारतीय साम्राज्यवादले नेपालको सार्वभौमिकतामाथि बारम्बार हस्तक्षेप गर्दै आइरहेको छ । यसको पछिल्लो दृष्टान्त भारतले नेपालको भू–भाग मिचेर राजमार्ग निर्माण गर्नु हो, जुन अत्यन्त खेदजन्य र भत्र्सनायोग्य छ । नेपाली सार्वभौमिकतामाथि हाकाहाकी धावा बोलिँदा पनि ओली सरकार लाचार बनेर चुप लाग्नु नेपालको सार्वभौािमकता बेचेर आफ्नो कुर्सीको आयु लम्ब्याउने षड्यन्त्रकारी, राष्ट्रघाती र जनविराधी कदम हो । साथै, यस्तो मानवमृत्युको महामारीमा पनि हाम्रो पार्टीका नेता तथा कार्यर्तामाथि झुट्टा मुद्दा लगाउने, गिरफ्तारी गर्ने, धरपकड गर्ने कार्यलाई तीव्र पारिएको छ । यसले एकातिर ओली सरकार आफैँ यही महामारीको निहुँमा क्रान्तिकारीहरूमाथि जघन्य अपराध गर्नतिर उद्यत भइरहेको देखिन्छ भने अर्कोतिर जनतालाई एकीकृत जनक्रान्तिमा लामबद्ध हुँदै विद्रोहमा उत्रन मार्ग प्रशस्त गरेको छ । ओली सरकारको यस प्रकारको जघन्य मानसिकताबाट सजग रहन हामी यसै विज्ञप्तिमार्फत अपिल गर्दछौँ । सरकारको हरेक प्रकारको आपराधिक तथा जनविरोधी क्रियाकलापको सशक्त प्रतिरोध गर्दै यो महामारीबाट मानव समुदायले विजय प्राप्त गर्न सबै सचेत रहन अनिवार्य छ । त्यसको लागि हाम्रो पार्टी विविध कार्यक्रम र कार्ययोजनाका साथ जनताका बिचमा पुगिरहेको कुरा पनि र्विविदितै छ । सम्पूर्ण तह र तप्काका जनसमुदायलाई दलाल फासिवादीतन्त्रका विरुद्ध गोलबन्द हुँदै विद्रोहमा उत्रन हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी, उपत्यका विशेष ब्युरो यसै प्रेस विज्ञप्तिमार्फत हार्दिक अपिल गर्दछ । “

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु