स्वास्थ्यका कर्मचारीलाई बिदामा नबस्न निर्देशन

२०७६ चैत्र १ गते, शनिबार

काठमाडौँ, १ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वभरी कोरोना भाइरसको संक्रमण फैलिएको अवस्थामा स्वास्थ्य क्षेत्रका कर्मचारीलाई बिदामा नबस्न निर्देशन दिएको छ । विश्वका विभिन्न देशमा कोरोना भाइरस फैलिरहेकाले थप सतर्कता अपनाउनुपर्ने भएकाले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई अर्को आदेश नभएसम्मको लागि बिदा नबस्न मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयले प्रसूति र किरिया बाहेकका बिदा स्वीकृत नगर्न, तर बिदा बस्नै पर्ने भए वैकल्पिक व्यवस्था गरेर मात्र बिदा स्वीकृत गराउन पनि सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु