सर्बनाश राजनीति सन्नाटा र कम्युनिस्ट आन्दोन – संसारसेन पृथक

२०७६ फाल्गुन १ गते, बिहीबार

इतिहासमा जबसम्म एउटा सुन्दर परिकल्पना गरेर थालेको बहादुरहरुको वर्गसंघर्ष र वर्गसंघर्षले स्थापित गरेको जनयुद्ध र त्यसले निर्माण गरेका एकएकवटा सकारात्मक तथा नकारात्मक उपलब्धिलाई धरातलमा गम्भीर र निर्मम तरिकाले अध्यन गर्न जरुरी हुन्छ । जतिबेला नेपाली समाजमा रहेको ब्याप्त असमान्ता र बर्गीय उत्पीडनबाट मुक्त गराउन राजनीति क्रान्ति अनिवार्य थियोे । जसको नेतृत्व गर्न सक्ने राजनीति पार्टीको आवश्यकता लामो कालखण्डमा खड्किएको हो । मुख्यतया नेपाली समाजको मूल समस्या अध्ययन र त्यस्को निकासनै जरुरी हो । राष्ट्रियता, जनतन्त्र र जनजीविकानै नेपाली राज्य ब्यबस्थामा देखापरेका मूल समस्य हुन । जतिबेला रानाहरुको उदय भयो, ठिक त्यतिबेलादेखि नेपाल अर्धउपनिवेशिक राज्य निर्माण भएको हो । त्यसैबाट मुक्त गर्न नेपालमा थुप्रै पटक आन्दोलन भएका छन् । अन्तमा हरेक आन्दोलन बिदेशी साम्राज्यवाद देशीविदेशी सामन्तवाद नोकरशाही दलालहरुबीचमा सम्झौता गरेर नेपाल राष्ट्र र नेपाली जनतालाई अस्थिर र अनिर्णयको बन्दी बनाउने गरेका छन् । सरकार बद्लिनुलाई राज्यब्यबस्थानै बद्लिएको भ्रममा पार्दै घरेलु दलाल प्रतिक्रियावादी तत्वले भ्रम फैलाउदै आएको पाइन्छ । २००७ सालमा भएको राजा काँग्रेस र राणाबीचमा भएको त्रिकोणात्मक सम्झौतालाई नेपाली काँग्रेसले महान् उपलब्धिमूलक क्रान्ति भनेर ब्याख्या गर्नुनै नेपाली काँग्रेसमा गम्भीर राजनीति कन्फ्युजन रहेको हो । प्रधानमन्त्री मोहन शमशेर राणालाई बनाउने अनि राणाविरुद्धमा महान् र सफलतामूलक क्रान्ति भन्नुले नेपाली काँग्रेसले २०१५ सालको चुनावबाट प्राप्त गरेको दुई तिहाईको सरकारलाई २०१७ सालमा पन्चायतीहरुको गुरु योजनामा दरबारियाहरुले बिपि कोइरालाको शक्तिशाली सरकारलाई कु गरेपछि तत्कालीन नेता बिपिले लेखेको आत्मबृतान्तमा मैले मुक्तिसेना विघटन गर्नु महाभुल भएको हो भन्नू भएको छ । तत्कालीन पन्चेहरु खास दरबारिया नभएर राणाहरुकै परिमार्जित शक्ति थियो, जुन शक्तिले नेपालमा राजा र प्रजातान्त्रिक शक्तिमा दरार पैदा गरेर राजतन्त्रको अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेका हुन् ।
२०४६ सालको जन आन्दोलन र बामपन्थी का“ग्रेस र माओवादी राजनीति अस्तित्व
२०२८ सालको तत्कालीन मालेले झापा बिद्रोह ग¥यो । उद्देश्य सही थियो तर लक्ष्य अत्यन्तै गलत तरिकाले सुरु भयो । जसले जनताको समर्थन र पहलकदमी कम रहेपछि त्यसको क्रान्तिकारी अवतरण नभएर दक्षिणपन्थी अबसरवादमा परिणत भयो । जसले संसदीय बहुदलीय बाटो अबलम्बन ग¥यो, जसको मिसन अमेरिकी उदार पुँजीवादी बाटो समायो माक्र्सवादको चर्को समर्थन गर्दै एनजीओ चौतर्फी घेराबन्दीमा पर्दै गयो । जसले राष्ट्रियताको लागि अडिग रहन थाल्यो । उसको समाप्ति र हत्या भयो । त्यसैको परिणाम तत्कालीन एमालेका महासचिव मदन भण्डारीको रहस्यमय तरिकाले हत्या भयो । जुन कुरा कस्तुरीले आफ्नो काल आफ्नै नाभिमा भएको जस्तै तत्कालीन एमालेमा मौलाएको एनजिओनै एमाले सिध्याउन सफल रहेको तितो सत्य हो । त्यस्तै २०४६ सालमा भएको जनआन्दोलन पछि नेपाली काँग्रेसलाई पनि पश्चिमा र भारत साम्राज्यवादको घेरा तोड्ने नयाँ बैचारिक अकर्मण्यता रह्यो । जसले स्पष्ट बहुमत हुँदाहुँदै आर्थिक बिकास उत्पादनलाई बैज्ञानिक गर्नुको साटो उद्योग कलकारखाना बेच्ने र सम्पूर्ण हिसाबले वैदेशिक बहुराष्ट्रिय पुँजीलाई भित्र्याएर राष्ट्रिय पुँजी र श्रोत साधन बिदेशीको जिम्मामा सुम्पिने र देशको महत्ववपूर्ण नदिनाला भारतलाई सुम्पेर नित्कृष्ट राष्ट्रघात ग¥यो । जसले गर्दा राजनीति स्थिरताभन्दा सार्बभौमसत्ता भौगोलिक अखण्डता र रोजगार र प्रजातन्त्रलाई बिदेशीसँग बुझाउन थाल्यो । जसले अनिवार्य राजनीति क्रान्तिको जरुरी बन्दै गयो । त्यसको परिणामस्वरुप नेकपा माओवादीको अगुवाइमा जनयुद्धको आधार तयारी भयो र २०५२ साल फाल्गुन १ मा जनयुद्धको सुरुभयो । जनयुद्ध बर्गिय, जातीय, क्षत्रीय, लिङ्गीय मुक्तिको मूल मुद्दामा उठाउन थियो । जनयुद्धको एक समीक्षा गर्दा २००७ सालमा नेपाली काँग्रेस २०२८ सालको तत्कालीन मालेको झापा बिद्रोहभन्दा सचेत र जनसहभागिता मुलुक थियोे । तत्कालीन सत्तारूढ दलहरूले राजनीति समस्याभन्दा बन्दुकको बलमानै माओवादी समाप्त गर्ने रणनीतिको नीति अबलम्बन ग¥यो । जसको परिणाम माओवादी पार्टीले प्रतिरक्षा र प्रतिरोधात्मक आन्दोलनकै दौरानमा आफ्नै जनमुक्ति सेना हतियार स्थानीय जनसत्ता निर्माण कार्य अघि बढायो । २०५२ साल फाल्गुन एकदेखि २०६० सालसम्म क्रान्ति सन्तुलनमा पुग्न सफल रह्यो दुर्भाग्यपूर्ण माओवादी जनयुद्धलाई राजनीति आर्थिक सामाजिक रूपमा ससक्त बनाउनेतर्फ भन्दा दक्षिणपन्थी धार र क्रान्तिकारी धारमा अन्तरबिरोध चर्को बन्दै गयो रहस्यमय तरिकाले मोहन वैद्य ‘किरण’ सिपि गजुरेललगायतको क्रान्तिकारी शक्तिलाई भारतमा गिरफ्तार हुन् त्यसपछि बाबुराम भट्टराई र प्रचण्डबीचको बैचारिक अन्तर बिरोध समाधान भएर जानुलाई रहस्यमय मान्न सकिन्छ । १२ बुँदे दिल्ली सम्झौता जनयुद्धको बिधिवत अन्त्य र संविधान सभाको चुनावका जाल फालिनु नेपाली जनताको वर्गसंघर्ष बलिदानलाई यथावत् छोडेर पुरानै ब्यबस्ताको पुनब्र्यबस्थापन गर्नु प्रचण्ड बाबुरामको दक्षिणपन्थी राजनीति बैचारिक तथा संस्कृतिक बिचलनको सुरुवात भएको देखिन्छ । वर्गसंघर्षले स्थापित गरेका जनतामा मूल एजेन्डा यथावत् राखेर नवसामन्तवाद तथा दलाल पुँजीवादी माफियासँग बैचारिक संघर्ष गर्नुको साटो दस बर्षसम्म जनयुद्धको नेतृत्व गरेको मूल नेतृत्व सम्झौतामा आत्मसमर्पण गर्न पुगेपछि नेपाली वर्गसंघर्ष सर्बनाश र सन्नाटाको अबस्थामा पुगेको हो । लोकतान्त्रिक गणतन्त्र शब्दमा एक प्रश्नले धेरै उत्तर खोजिरहेको थियोे । लोकतान्त्रिक गणतन्त्र एमाले, काँग्रेस माओवादी राजनीति दृष्टिकोणभन्दा फरक कोणमा बिकास बनेर आयो । जसले काँग्रेसको प्रजातान्त्रिक समाजवाद तत्कालीन एमालेको जबज र माओवादीले भनेको नौलो जनवाद सबैको धरातल बिस्थापन गर्ने गरी नितान्त जर्ज सोरस र फादर मोन फाउन्डेसनको मिसनमा अस्थिरता निम्ताउने बलियो आधार तयार बनेर आएको हो । जसले नेपाली राजनीति पार्टीहरु नाममा यथावत रहने तर बैचारिक सैद्धान्तिक रूपमा स्खलित हुने अबस्थामा पुगे सत्य के हो भने काग्रेस हुल र जमातमा देखिन्छ तर सैद्धान्तिक धरातल नभएको अबस्थामा छ । एमाले र माओवादी एकताको अन्तिममा पुगेर विशाल कम्युनिस्ट पार्टीको नाम दिएको देखिन्छ । माक्र्सवाद लेनिनवाद र माओवादको बैचारिक कोणबाट धेरै टाढा पुगेको अबस्थामा छ । सत्य के हो भने प्रचण्डले आफै भन्नुभएको छ माक्र्सवाद हो पनि होइन पनि त्यस्तै अर्का अध्यक्ष केपि ओलिले भन्नुभएको छ । हाम्रो यो पार्टी कम्युनिस्ट पार्टी होइन बिसाल समाजवादी पार्टीको जमात हो । सैद्धान्तिक तथा बैचारिक सम्भावना औल्याउँदै जाँदा प्रचण्ड र केपि वलिले हजारौं प्रयत्न गरे पनि उहाँहरुको पार्टी कम्युनिस्ट पार्टी बन्न नसक्ने अबस्थामा पुगिसकेको छ । दलाल स्वास्थ शिक्षा, भूमि, जल, जमिन सबैमा माफियाको चौतर्फी घेराभित्र पसिसकेको तथ्यगत यथार्थ हो ।
जनयुद्ध र कमरेड प्रचण्ड एक समीक्षा
जतिबेला प्रचण्डले जनयुद्धको नेतृत्व गरिरहेका थिए । त्यतिबेला बिश्व साम्राज्यवादले र समाजवाद भन्नेहरुका विरुद्धमा कसरी लडाइ लड्न सकिन्छ भनेर गम्भीर संकटमा थियो । माक्र्सवादीहरुले संसारका मजदुर एक हौँ भनेर नारा दिए । बिश्व पुँजीवादले बिश्वब्यापी रूपमा मजदुरहरुको एकता हुन नपाउँदै बिश्वका पुँजीवादीहरु एक हुने कसरत गरे जसरी बिज्ञान र हाइटेक्नोलोजी प्रयोगमा ल्याएर पुँजीवादीहरु बहुराष्ट्रिय कम्पनीको माध्यमबाट बिश्वब्यापी रूपमा मजदुरहरुमाथि शोषण गर्न सकिन्छ र तेस्रो बिश्वयुद्धको झमेलाबाट उक्लेर माक्र्सवादीहरुमाथि बिजय प्राप्त गर्न सक्ने एकलौटी पुँजीवादी एकता अभियान बिज्ञान टेक्नोलोजी र प्रबिधिमा बिकास गरे भियतनाम र चीनबाट प्राजित साम्राज्यवाद नेपाली जनयुद्धदेखि सचेत बनेर कुनै जनयुद्ध होइन । आतंककारी युद्ध हो भन्ने साबित गर्न चहान्थे । त्यहीँ अनुरुप प्रचण्डलगायत माओवादी नेता, कार्यकर्ता सबैको टाउकाको मूल्यसमेत तोकेका हुन । तर, प्रचण्डले बिशाल जनसमुदायको साथमा जनयुद्ध अगाडि बढाए अर्को सत्य के हो भने प्रचण्डले भियतनाम र चिनियाँ मोडलभन्दा नेपाली जनयुद्धको मोडल फरक–फरक तरिकाले अगाडि बढाउन सकेनन् । वर्गसंघर्षको जब मोडल फरक तरिकाले अगाडि बढाउन सकेनन् प्रचण्डले साम्राज्यवादले तयार गरेको जालोभित्र नेपाली जनयुद्धको घाँटी निमोठ्ने काम गरे । बाह्रबुँदे सम्झौता चुनबाङ बैठक पश्चिमा भारती साम्राज्यवादको सामु जनयुद्ध र वर्गसंघर्षका सम्पूर्ण मुद्दाहरूको सहिछाप गरेर त्याग्नु भयो । अर्को कुरा माओवादी पार्टी भित्रमा बाबुराम र प्रचण्ड बीचमा देखिने अन्तरबिरोध पश्चिमा तथा भारतीय रहस्यमय चलखेल त्यतिकै छ । बाबुरामलाई प्रचण्डको ठाडो आदेशमा भएको कारबाहीपछि भारतीहरुले प्रचण्ड विरुद्धमा दरो निगरानी बढाएको देखिन्छ । यो अबस्थालाई माओवादी भित्रका त्यतिबेलाका सम्पूर्ण केन्द्रीय समितिले बुझ्न जरुरी थियोे र अहिले पनि गम्भीर आत्मसमीक्षा गर्न सक्नुपर्छ । पश्चिमा साम्राज्यवादले द्वन्द्व ब्यबस्थापन गर्ने निहुँमा प्रचण्डसँग हरेक आपूm अनुकुल एजेन्डालाई बोकाउने र जनयुद्धको एजेन्डा असम्भव देखाउँदै आए जसले केही जनयुद्ध लडेको शक्ति पुनः वर्गसंघर्ष तिरै फर्किने अवस्था आयो । वर्गसंघर्षलाई गुमराहमा पार्न प्रचण्ड बाबुराम र बिदेशी डिजाइनमा चलेका नेपाली राजनीति दलहरूले संविधानसभाको चुनावबाट मात्रै जनता र राष्ट्रलाई मुक्त बनाउन सकिन्छ भनेर घृणित अफवाह फैलाउन थाले र नेपाली जनतालाई एउटा ठूलो भ्रम सिर्जना गरे राजतन्त्र मात्रै जनताको प्रमुख शक्ति हो भनेर राजतन्त्रको अन्त्य गरियो । बिडम्बना राणा र सामन्तवादले निर्माण गरेका हरेक आधार र उपरी संरचनाको सफल उपयोग गर्न प्रचण्ड बाबुराम पुगे अहिले हेर्दा राजाबिनाको राजतन्त्र र राणाबिनाको निरंकुश फासीवाद उन्मुख सरकार देखिन्छ । यसको मूल कारण सरकार बदल्ने र ब्यबस्था बदल्न नसकेको यथार्थ हो । सरकार बदलिने र ब्यबस्था नबदलिने अवस्था आएपछि तत्कालीन एनेकपा माओवादी टुटफुटको अबस्थामा पुगेको हो । माओवादी पार्टी बिभाजन भएपछि नेपालमा कम्युनिस्ट आन्दोलन बिधिबत रूपमा समाप्त भएको हो । माओवादी पार्टी नरहेर समूहमा रहेका हुन प्रचण्ड समूह वैद्य समूह बिप्लप समूह बने राजनीति तथा बैचारिक बिचलनपछि बिप्लव वैद्य कम्युनिस्ट पार्टी निर्माणका लागि प्रयत्नशील रहेका छन् । पछिल्लो अवस्थामा गोपाल किराँती आहुती लगाएको प्रयत्न कम्युनिस्ट पार्टीको निर्माण कार्यमा छन् भने प्रचण्ड आफैँले कम्युनिस्ट पार्टीनै नभएको दाबी गर्दै आउनु भएको तत्कालीन एमालेमा ठूलो समूहसहित विलय गराउनु भयो । बाबुराम लामो समयसम्म माओवादी पार्टीमा रहे पनि उहाँ सुरुदेखिनै कम्युनिस्ट माक्र्सवादी होइन । आदर्शवादी चिन्तन चरम् महत्वाकांक्षी तर दृष्टिकोणहीन बौद्धिक हो । अब पश्चिमा जाजुसहरुले सत्ताधारीलाई नै वास्तविक कम्युनिस्टको रूपमा स्थापित गरेर कम्युनिस्ट राजनीति सिद्धान्तलाई बिश्वब्यापी पतन गराउन खोज्दैछन् ।
अबको कम्युनिस्ट पार्टीको निर्माण र संभावना
बडो हास्यास्पद कुरो त के भने बिगतको कम्युनिस्ट आन्दोलनमा लामो नेतृत्व गरेर असफल जनयुद्ध गरेर सत्तामा पुगेका प्रचण्ड वादल र बाबुराम झापाको असफल बिद्रोह गरेर सत्तामा पुगेका तत्कालीन एमालेहरु अब क्रान्ति गर्न सकिँदैन तर समृद्धि ल्याउन सकिन्छ रे, अचम्मको भ्रमको खेतीबाट सत्तामा आफ्नो आयु लम्बाउन खोज्दैछन । प्रचण्ड समूहको केही र केपि समूहको केही–केहीले क्रान्तिबाट सत्ता कब्जा गर्न सकिँदैन बन्दुकको जरुरी छैन भन्नुहुन्छ । त्यतिको अहिलेका जोसुकैलाई थाहा छ कि परमाणु बम समातेर बसेको शासकलाइ जित्न बन्दुकको मोहरीले सकिँदैन । अर्कोतिर बिज्ञान र प्रबिधि अर्थिक सप्पन्न पुँजीवादी ब्यबस्थालाई संसदीय चुनावका माध्यमबाट पनि सम्भब छैन । हजारौ अनु परमाणु बमहरुभन्दा जनता धेरै शक्तिशाली हो । जनताको सचेत पहलमा बैज्ञानिक समाजवादी राज्यको निर्माणका लागि माक्र्सवाद अनिवार्य छ । त्यसको लागि दक्षिणपन्थी आत्मसमर्पणवादको बिकल्पमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माणको सुन्दर प्रयत्नशील किरण बिप्लवलगायत सम्पूर्ण बामपन्थी क्रान्तिकारी शक्तिको महान् बहसमा जान जरुरी छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको बैज्ञानिक खोज्नुका साथै जनप्रतिनिधि सेबक र जनता शासक हुने विधि प्रक्रियामा पुग्ने माक्र्सवादको बैज्ञानिक समाजवादको सिद्धान्तनिष्ठ नेता, कार्यकर्ताको असली फौज निर्माणका लागि पहल गरेपछि मात्रै बर्तमान अस्थिरता राजनीति सन्नाटा र सर्बनाशको अन्त्य गरी जनतालाई अधिकार प्राप्त गराउन सकिन्छ ।

प्रतिक्रियाहरु