१३औँ सागकाे औपचारिक उद्घाटन हुँदै

२०७६ मंसिर १५ गते, आईतवार

काठमाडौँ, १५ मंसिर । आज दशरथ रंगशालामा दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)काे १३औँ संस्करणकाे उद्घाटन आज हुँदैछ । दक्षिण एसियाका सात राष्ट्रको खेलकुद जमघटकाे कुम्भमेला मानिने सागका खेलहरू यसअघि नै सुरू भइसके पनि आज काठमाडौँ, पोखरा र जनकपुरमा औपचारिक रूपले सुरु हुँदै छन् । यस खेलकुद मेला सुरु भएको खुसी साट्न आइतबार साँझ करिब सवा ३ घण्टा सम्म उद्घाटन समारोह हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटनपश्चात सागकाे औपचारिक सुरूआत भएकाे घाेषणा गरिनेछ ।उद्घाटन समारोहमा १५ हजार कलाकारले विभिन्न प्रस्तुति दिने बताइएको छ । उद्घाटनकाे रिहर्सल शुक्रबार नै गरिसकिएकाे छ । सागमा नेपालकाे याेपटक तेस्रो पटक आयोजना हाे । यसअघि नेपालले काठमाडौँमा सन् १९९९ मा आठौँ साग आयाेजना गरेकाे थियाे, जसमा निकै ठूलाे उपलब्धि हात पारेकाे थियाे । आठौँ सागमा नेपालले अहिलेसम्मकै बढी ३१ स्वर्ण पदक हात पारेको थियो, जसमा पदक तालिकामा भारतपछाडि दोस्रो स्थानमा आफूलाई उभ्याएको नेपाल सफल भएकाे थियो । पहिलो संस्करणमा नेपालले चार स्वर्ण पदक जितेको थियो । सागमा भारतले सबै संस्करणमा अङ्क तालिकामा शीर्ष स्थान बनाउँदै आएको छ । यस पटक पनि भारतले नै अङ्क तालिकामा दबदबा बनाउने अनुमान गरिएको छ । यस सागमा नेपालले पनि भारतपछि अङ्क तालिकाको दोस्रो स्थान ल्याउने आशा गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु