गढीमाई मेलामा बलिप्रथा नरोकिने

२०७६ कार्तिक २८ गते, बिहीबार

काठमाडौँ, २८ कात्तिक । प्रशिद्ध गढीमाईको मेलामा बलिप्रथा नरोकिने मेला व्यवस्थापन समितिले जनाएको छ । विभिन्न क्षेत्रबाट चौतर्फी दबाव परे पनि हरेक पाँच बर्षमा लाग्ने बाराको प्रसीद्ध गढिमाइ मन्दिरमा यसपटक पनि भक्तालुहरुको भाकल गरी ल्याइएको बलि चढाउन दिने समितिले जनाएको छ । भाकल गरि बलि चढाउन आउनेमध्ये ९० प्रतिशत भारतीय र १० प्रतिशत नेपाली श्रद्धालुहरु रहने गरेको पञ्च वर्षिय मेला व्यवस्थापन समितिले जनाएको छ ।
मंसिर १ गतेदेखि सुरु हुने मेलामा १७ गते रांगा र १८ गते बोका, कुखुरा, परेवा लगायत पशुपंक्षीको बलि दिइने छ । अघिल्लो मेलामा भारत सरकारले सीमामा कडाइ गरे पनि भारतीय भाकलकर्ताहरुले १८ हजार रांगा र हजारौ बोकाको बलि चढाएका थिए ।
यस बर्ष पनि भारत सरकारले रोक लगाउन सक्ने भन्दै व्यवस्थापन समितिले पशुपंक्षी ल्याउन नसक्ने भारतीयहरुलाई रागांको ८ हजार,बोकाको ३ हजार र कुखुरालगायत पंक्षीको ३ सय रुपैंयाको दरले नेपालमै उपलब्ध गराउने जनाएको छ । मेला व्यवस्थापन समितिका महासचिव मोतीलाल कुशुबाहले आफुहरुले बलि चढाउन प्रेरित नगरेको भन्दै करिब १ करोड दर्शनार्थी मेलामा आउने दाबी गरे । कम्पाउन्ड लगाइएको स्थानमा अनुमति प्राप्त व्यक्तिले मात्र राँगाको बलि दिनेछ भने बोका, हाँस, र कुखुराको बलि पसाह खोलादेखि दुधौरा खोलाको सीमानाभित्र जहाँ पनि दिन मिल्ने समितिले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार