अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी

२०७५ बैशाख १२ गते, बुधबार

काठमाण्डौ, १२ वैशाख । अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरन्जीवी ढकालले आज गिरफ्तार भएका अखिल (क्रान्तिकारी) का महासचिव प्रकाश शाही, केन्द्रीय सदस्य ललित वि.क. र त्रिचन्द्र अध्यक्ष क. रबिन केसीलाई तुरुन्त रिहाई गर्न माग गरेका छन । अध्यक्ष ढकालले उनीहरुलाई तल्काल रिहाइ नगरे संघर्षको आँधिबेरी सिर्जना हुने र त्यसवाट निस्कने परिणामको भागिदारी स्वयं केपी–बादल प्रशासन नै हुनुपर्ने चेतावनीसमेत दिएका छन । अध्यक्ष ढकालले एक प्रेस बक्तब्य जारी गर्दै सो चेतावनी दिएका हुन्
यस बिषयमा अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरन्जीवी ढकालले जारी गरेको प्रेस बक्तब्य को पूर्ण विवरण यस प्रकार रहेको छ – “हाम्रो संगठन अखिल (क्रान्तिकारी) नेपाली विद्यार्थीहरुको शैक्षिक अधिकारको पक्षमा विगत लामोसयमदेखि संघर्षरत रहेको सबैलाई सर्वविदितै छ । नेपाली विद्यार्थीहरुको शैक्षिक अधिकारको लागि बलिदानीपूर्ण इतिहास रचेको क्रान्तिकारी संगठन आज पनि तमाम विद्यार्थीहरुको हितमा पुरै आन्दोलनरत रहेको जगजायर नै छ । नेपालको शैक्षिक मात्र होइन राजनीतिक अधिकारको पक्षमा समेत खरो उत्रिएको इतिहास सबैका अगाडी प्रष्ट नै छ । कथित बहुदलीय संसदीय व्यवस्थाका विरुद्ध गणतन्त्रको पक्षमा महान् जनयुद्धमा समेत हाम्रो संगठनको विशेष भूमिका र योगदान रहेको स्पष्ट नै छ । अहिले हाम्रो मुलुकमा समाजिक दलाल पुँजीवादीहरुको लुटतन्त्र चलेकै छ र यो लुटतन्त्रका विरुद्ध हाम्रो संगठन शैक्षिक क्षेत्रबाट लडिरहेको छ । राज्यसत्तामा बसेर राष्ट्रको सम्पति दोहन गरिरहेका सामाजिक दलालहरु हाम्रो नीति तथा कार्यक्रम विरुद्ध अनकौँ षडयन्त्रमा लागेको सबैले बुझेकै कुरा हो ।
यसै सन्दर्भमा दलाल केपी–बादल प्रहरी प्रशासनले हाम्रो संगठनको आरआर इकाईको सम्मेलन चल्दै गर्दा आज दिउँसो करिब १२ बजे क्याम्पस हाताभित्रैबाट संगठनका महासचिव क. प्रकाश शाही, केन्द्रिय सदस्य क. ललित वि.क. र त्रिचन्द्र इकाई अध्यक्ष क. रबिन के.सी.लाई अपहरण शैलिमा गिरफ्तार गरेको छ । यो गिरफ्तारको घटनाप्रति हाम्रो संगठन घोर निन्दा एवं भत्र्सना गर्दछ । शान्तिपूर्ण रुपमा संचालन भईरहेको इकाईको सम्मेलनबाट निर्दोश कमरेडहरुको गिरफ्तारीले आज हामीलाई विगत जनयुद्धमा शाही–संसदवादीहरुको रवैयालाई सम्झना दिएको छ । दलाल शासकहरुले जनयुद्धको ती दिनहरु सम्झिए हुन्छ जनताका छोराछोरीको शैक्षिक अधिकारको लागि हामी जस्तोसुकै कदम चाल्न पनि तयार छाँै । हामी हाम्रो देश, जनता र विद्यार्थीका लागि सिंगै संगठनलाई दलाल सत्ताको विरुद्ध बलिदानको बाटोमा लगाउन तयार छौँ । दलालहरुले सोचेका होलान् धरपकट गिरफ्तारीले संगठनलाई कमजोर बनाउन सकिन्छ तर हामी तिम्रा दमनको प्रतिकार गरिरहन्छौँ । नालायक दलाल गुहमन्त्रीले बुझेकै होला निर्दोश विद्यार्थी नेता कार्यकर्ताहरु विरुद्ध स्वच्छाचारी दमनको परिणाम के हुन्छ भनेर । केपी प्रचण्डको साथसाथै प्रशासनले बुझे हुन्छ हामी रोकिदैनौँ, थाक्दैनौँ र गल्दैनौँ हामी दलाल भ्रष्ट केपी–बादल प्रशासनलाई चेतावनी दिन चाहन्छौँ गिरफ्तार हुनुभएका महासचिव क. प्रकाश शाही, केन्द्रीय सदस्य ललित वि.क. र त्रिचन्द्र अध्यक्ष क. रबिन केसीलाई तुरुन्त रिहाई गर । तल्काल रिहाइ नगरे संघर्षको आँधिबेरी सिर्जना हुनेछ र त्यस परिणामको भागिदारी स्वयं दलाल केपी–बादल प्रशासन नै हुनुपर्नेछ । ”

प्रतिक्रियाहरु