प्रधानमन्त्री चयनका लागि प्रक्रिया सुरु

२०७४ जेष्ठ २० गते, शनिबार

काठमाडौं, २० जेठ । नयाँ प्रधानमन्त्री चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । संसद् सचिवालयले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनका लागि आज बिहान ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको जनाएको छ। उम्मेदवारी दर्ताको समय सकिएलगत्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी छ ।
नयाँ प्रधानमन्त्री चयनका लागि आइतबार बिहान ११ बजे बस्ने संसद् बैठकमा मतदान हुनेछ । प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मनोनयन पत्र दर्ता गराउँदै छन् । माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरम र केही साना दलको समर्थनमा उनले प्रधानमन्त्रीका लागि मनोनयन दर्ता गर्ने तयारी गरेका हुन् ।
सभामुखले प्रधानमन्त्री चयन प्रक्रिया अगाडि बढाए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने संसद् अबरोध गरिरहेको छ । एमालेले चितवनको भरतपुर महानगरपालिकामा रोकिएको मतगणना सुरु गर्नुपर्ने माग गर्दै आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु