नेप्से १५.५४ अंकले बढ्यो

२०८१ जेष्ठ ९ गते, बुधबार


काठमाडौँ । नेप्से १५.५४ अंकले बढेको छ । बुधबार नेप्से ०.७३ प्रतिशतले बढेर २१३१.४९ विन्दु कायम भएको छ । आज नेप्से ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार रुपैयाँ रुपैयाँ बराबरको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता शेयर ७८ हजार ५१ पटक किनबेच भएको छ ।
आज ३१८ वटा कम्पनीको शेयर कारोबार हुँदा ८१ वटा कम्पनीको शेयर मूल्य बढको छ भने १६१ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स ५.०६ अंकले, फ्लोट इन्डेक्स १.५३ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स २.२४ अंकले बढेको छ ।
आज सबैभन्दा बढी होटल एण्ड टुरिजम सेक्टरको शेयर बढको छ । उक्त समूह ९८.२४ अंकले बढेको छ । वाणिज्य बैंकको पनि ४८.४४ अंकले बढेको छ । आज १३ वटा समूहमा ४ वटा समूहको शेयर मूल्य बढेको छ भने ९ वटा समूहको शेयर मूल्य घटेको छ । आज एउटा लघुवित्तको र एउटा हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रियाहरु