कठैविचरा !! भ्रष्टाचारमा जेलपरेका र पर्नेहरुले कसरी लोकमानको विरोध गरुन – सोनुकुमार सुनार

२०७३ श्रावण २६ गते, बुधबार

नेपालका मुख्य भनिएका राजनितीक पार्टीहरु अहिले अख्तियार को कार्यक्षेत्र नाघेर काम गरेको भन्ने विषयमा लोकमान सिँह कार्कीलाइ महाअभियोग लगाउनु पर्छ भन्दै आन्दोलनमा रहेका गोविन्द के.सीको माग विपरीत उभिँएका छन । भर्खरै राजधानीको एक कार्यक्रममा नेपाली कांग्रेस ,एमाले , माके र राप्रपाका नेताहरुले लोकमानलाई अभियोग लगाउन नसकिने बताए । उनीहरुले यति मात्र भनेनन की गोविन्द केसी ले उठाएको माग हावादारी र चर्चामा आउन को लागी गरिएको नाटकको संज्ञा पनी दिए । यसको पछाडीको कारणबारे जोकोसैले पनि सहजै अनुमान गर्न सकिने विषय छ । केही कारणहरु यस्ता छन ।
नेपाली कांग्रेस
देशको सवै भन्दा ठुलो पार्टी र आफुलाई लोकतन्त्रको हिमायती ठान्ने नेपाली कांग्रेस बहुदल पछि लगातार करिव लगातार जसो सत्ताको भर्यांग चढिरह्यो । बिपी कोइराला पछि कांग्रेस आफ्नो नितीमा त विचलित भयो नै त्यो भन्दा बढी विभिन्न बदनामी को श्रृंखलाहरुबाट गुज्रिरहेको छ । थुप्रै सरकारका थुप्रै मन्त्रीहरु कुख्यात भ्रष्टाचारी कहलिए त्यसको व्याखा विस्तार र खोज अनुसन्धान को बिषय निकै लामो छ । यँहानेर थोरै कुरा खुम बहादुर खड्का को । भ्रष्टाचारी प्रमाणित भएर जेलको हावा खाइसिध्याएका खुम बहादुर शेर बहादुर देउवा सभापति बन्दा ताकाको महाधिवेशन बाट भारी मत सहित केन्द्रिय सदस्यमा निर्वाचित भए । मुलत हिन्दुबादी खोपडी बोकेका नेता खड्का कांग्रेसको भावी सभापतिको उम्मेदवार हुन । अव भ्रष्टाचारी व्यक्ति नेतृत्वमा पुग्नै लागेको कांग्रेस पार्टीले कसरी गोविन्द केसी को आन्दोलनमा समर्थन जनाओस र भ्रष्टाचारी लोकमान सिँह कार्कीलाई अभियोग लगाउने कुरामा सहमत होस , त्यो कल्पना पनी गर्न सकिँदैन त्यो संभव छैन । गगन थापा लगायतका केही युवा हस्ती हरु पनी अव पार्टीमा धेरैदिन बस्नेवाला छैनन ।

एमाले
मदन भण्डारीको नाम बेचेर अहिले सम्म राजनिती गर्दै आएको नेकपा एमाले को पनी काला कर्तुत कसैले नजानेको विषय रहेन । सत्तामा विभिन्न समयमा सामेल उक्त पार्टीका पनि अनगिन्ती मन्त्री नेता हरु भ्रष्टाचार बाट मुक्त छैनन । त्यो भन्दा अझ ठुलो एमालेकै सरकारले नेपालको नदिनाला भारतलाई बेच्ने काम गरेको छ । कतिपय इमान्दार र निस्कलंक मान्छे हरु एमालेमा नभएका होइनन तर पार्टी चलाउने तहमा अझैपनी कलंकित मान्छेहरुको दवदवा एमाले मा छ । त्यसकारण यो पार्टी पनि लोकमानको पुजापाठ भन्दा अरु कुरा त सोँच्नै सक्दैन ।
नेतै नेताको पार्टी माओबादी केन्द्र
नेपालको इतिहाँसमा माओबादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध भ्रष्टाचारको आरोप मा सर्वाेच्च अदालतमा संगठित मुद्धा दायर भयो । एकजमानामा नेपालमा नयाँ जनबाद ल्याउने र बन्दुक मार्फत राज्यसत्ता कव्जा गर्ने आन्दोलनका नायक बनेका प्रचण्ड संसदिय राजनितीमा छिरेपछि सवैभन्दा भ्रष्ट बन्न पुगे । जनमुक्ति सेनाको नाममा अरबौँ र विभिन्न माध्यमबाट करौडौ भ्रष्टाचार गरेका उनीमाथी छानविन हुनुपर्ने भन्दै नेकपा एमालेको युवा संगठनले संस्थागत मुद्धा हाल्यो तर त्यसमाथीको सुनुवाइ अदालत ले गर्न सकेन । प्रचण्ड त नाइकेमात्र हुन , पार्टी भित्र पटक पटक मन्त्री बनेका धेरै नेताहरु ले पनि कालोहात बनाइसकेको कुरा सवैलाई जगजाहेरै छ । यति भ्रष्ट पार्टीका नेताहरुपनी गोविन्द केसीको समर्थनमा लाग्नु र गोरु व्याउनु बराबरनै लाग्छ ।
राप्रपा तथा अन्य साना
नेपालमा राजतन्त्र पुनरस्थापना गर्ने र हिन्दु राष्ट्र बनाउन धार्मिक युद्ध घोषणा गर्ने धम्की दिँदै आएको राप्रपा इतरका पुर्वपञ्चहरु त झन माथी उल्लेख गरिएका पार्टी भन्दा पहिलै सरकारमा पुगेको र राज्यकोष दोहन गरिसकेको पार्टी हरु हुन । त्यसबाहेक साना जातिय , क्षेत्रिय तथा मधेशबादी पार्टीहरु पनि दाग नलागेको सेतो कमिज पक्कै होइनन ।

अन्तत ः विभिन्न आन्दोलमा बलिदान गर्दै आएका नेपाली जनताले नेपालका पुराना संसदिय पार्टीहरुका बदनामीका श्रृंखलाको अध्ययन राम्रै सित गरिसकेका छन । गल्ती गर्नेले सजाय भोग्नै पर्छ , हुनसक्छ ढिलोचाँडो तर भ्रष्टाचारी हरु जेल पर्नै पर्छ । अव जेलजाने कुरामा माथी उल्लेख गरिएका पार्टीका नेताहरु शिर्ष स्थानमा आसिन रहिरहँदा उनीहरु कसरी गोविन्द के.सीको सत्याग्रहको साँची बन्न सक्थे र यो त असम्भव नै भइहाल्यो ।

प्रतिक्रियाहरु