प्रचण्ड कमरेडको बोली र व्यवहार – प्रशान्त लामा दोङ

२०७३ श्रावण १८ गते, मंगलवार

सत्ताको प्यासमा नौ महिना पनि नपुग्दै भ्यागुता ऊफ्रेझैँ उफ्रेर सरकार फेरबदलमा लागेका कमरेड प्रचण्ड कुर्सिमा पुग्न पाएको छैन चैतमा निर्वाचनको रटान गर्न थालेका छन । राष्ट्रिय सहमति गर्न सरकारमा आएको बताउदै सार्बजनिक कार्यक्रममा उफ्रन्छन । एउटा जिम्वेवार राजनीतिक दलको नेताको हैसियतले सहमति प्रयास गर्न आएका बताउछन , नाटक पनि कति गर्न जानेका कमरेड प्रचण्डले ? हिजो १७ हजार नेपाली जनताको रगतमा होलि खेलेर जनतालाई नाटक देखाएर नि पुगेन कि के हो कमरेड प्रचण्ड ? हैन आजभोलि कमरेड प्रचण्डको दिमागले काम गर्न सकिरहेको छैन कि के हो ? नौ महिना पछाडि काँग्रेसको सरकार भन्छ , अनि निर्वाचन गराउने कुरा नि गर्छ ? हैन जनतालाई किन नाटक देखाएको ? बरू निर्वाचन गर्ने मेरो नियत नै हैन भन्दा जनताले पत्याउँथ्यो कि ? नौ महिना पछि सरकार हस्तारण कि निर्वाचन कमरेड प्रचण्ड ? खुसुक्क गएर काँग्रेस घोडा चढेर एमाले नेतृत्वको सरकारले घोषणा गरेको निर्वाचनको मिति सारेर चैतमा निर्वाचनको मिति तोकेर आउने अनि एमालेसंग सहमति खोज्न आएका बताउने , कस्तो खालको चरित्र यो कमरेड प्रचण्ड ? मधेशवादी दल र काँग्रेसको दिनभरि गोडा मिचेर चाप्लुसी गरेर असंभव कुरामा सही गरेर आउने अनि यता एमाले राष्ट्रिय सहमतिको बाधक देखाउन रातपरेपछि बत्ति बालेर भए पनि देशलाई निकाश दिनुपर्यो भन्ने । कमरेड प्रचण्ड, कस्तो खालको भूमिका हो यो ? कमरेड प्रचण्डलाई जनता प्रश्न गर्न चाहन्छ ‘ चैतमा निर्वाचन र प्रधानमन्त्री फेर्ने कुरो कसरी संभव छ ? कस्तो खालको नेता बनाएछ नेपाली जनताले ? हात खुट्टा बाधेर सुताएको खोपाको प्रचण्ड सरकार सुतेर अमेरिका पुग्ने कुरो कति जायज हो ? हैन, अभिनेता राजेस हमालले फ्लिममा गुन्डाले बाँधेको डोरी फुकालेर भए भरको गुण्डा रामधुलाई गरेको जस्तो नाटकिय कुरा गर्दा कसले पत्याउँछ कमरेड प्रचण्ड ? हैन कमरेड , तपाई फिल्मी सैलीको प्रधानमन्त्री बन्दै कि बास्तविक प्रधानमन्त्री ? जनतालाई बुझाइ दिनुपर्यो । फिल्मिसैलीको प्रधानमन्त्री भए तपाई भन्दा अभिनेता राजेस हमाल नै ठीक होला, अनि कार्यकर्ता चाहि अभिनेता धिरेन शाक्य ठीक होला । तपाई त राजनीतिक मान्छे , यो झुटको खेती कहिलेसम्म कमरेड प्रचण्ड ? कमरेड , सरकार फेरबदलको कारण मंसिरमा निर्वाचन संभव छैन भने माघमा भन्नुहोस ‘ जनता निर्वाचनलाई सामाना गर्न तयार छ । तर सरकार फेर्ने दिन निर्वाचन गर्ने भनेर भन्दा जनतालाई गद्धार नेताहरूलाई गलत्याएर सडकमा पुर्याएर सत्ता कब्जा गर्न तयार हुने बाध्यकारी बाताबरण नबनाउनुहोस् । कमरेड, तपाई कतै काग्रेसको बोलि त बोलिराख्नुभएको त छैन , चैतमा काग्रेसको सरकार अनि निर्वाचन । आफू हुँदा ठीक अरू हुँदा बेठीक हुने, यो कस्तो खालको राजनीतिक चरित्र कमरेड ? हैन काग्रेसले बीष ख्वाएर अर्धचेत बनायो कि के हो कमरेड ,बोलि त बाउलाई मामा अनि मामालाई बाउ भन्ला जस्तो छ त ! अर्धपागल त बनाएन कमरेड, काग्रेस र मधेशवादी दलले ? जनता सबैले भन्थे उखाने प्रधानमन्त्री भन्थे, एकदिन अवस्य सपना पुरा हुनेछ भनेर चित्ता बुझाउँथे । अनि आफ्नो कर्म फलको आशा गर्थे । कमरेड केपि ओलि त जनतालाई हजार सपना देखाएर सपनाबाट ब्यूँझाएर गए , तर तपाई कसरी जाने हो ? आफूसहित जनतालाई पागल बनाएर जाने हो ? कमरेड, जनता लाटा छैनन् , निर्वाचनको मिति तोक्न त वरिष्ठ अभिनेता निरशाहलाई आउँथ्यो फिल्ममा । तपाई बास्तविक निर्वाचनको मिति तोक्नुहोस । निर्वाचन भएको भोलिपल्ट तपाईहरू जस्ता देश र जनताको गद्धार नेताहरूलाई कुन दुलामा पुर्याउनुपर्छ त्यो जनतालाई थाहा छ । कसैले सिकाऊनु पर्दैन । कमरेड , हिजो के बोल्यो ? के गरे? भन्दापनि आज जे बोल्यो त्यही गरेर देखाउनुहोस तब जनताले मान्नेछन । कमरेड, बोलि र व्यवहार बदल्नुहोस । जनताले जयजयकार गर्नेछन । अन्यथा तपाई र तपाईको पार्टी कुवाको भ्यागुतो जस्तो हुनेछ ।

प्रतिक्रियाहरु