अखिल क्रान्तिकारीद्धारा कान्तिपुर कलेजमा आक्रमण

२०७३ असार २४ गते, शुक्रबार

काठमाडौं, २४ असार । नेकपा माओवादीनिकट अखिल क्रान्तिकारीले बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेजमा तोडफोडका साथै ताला बन्दी गरेको छ । कलेज प्रशासनले अखिल क्रान्तिकारीसँग गरेको सहमति उल्लंघन गरेको भन्दै तोडफोड गरेको हो ।
तोकेको भन्दा बढी शिक्षण शुल्क र विद्यार्थी कल्याण परिषद (स्ववियु) चुनाब आफ्नो ढंगमा मनामानी तरिकाले गर्न खोजेको र चुनावमा अखिल क्रान्तिकारी लाई उम्मेद्घारी दर्ता गर्न नदिएकाले तोडफोड र तालाबन्दी भएको विद्यार्थी संगठनका एक केन्द्रीय सदस्य नरेन्द्र विश्वकर्माले बताए । मनोमानी ढंगबाट गर्न खोजिएको स्ववियु चुनाव तत्काल खारेज गरेर आफ्नो संगठन अखिल क्रान्तिकारी सहितको चुनावको नयाँ मिति घोषणा नभएसम्म साे संगठनद्धारा तालाबन्दी कायमै राखिने संगठनका केन्द्रीय सदस्य विकले बताएका छन् ।

प्रतिक्रियाहरु