माओवादी केन्द्रको महाधिवेशन पुस २३ देखि

२०७३ असार २३ गते, बिहीबार

काठमाडौ, २३ असार । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन पुस २३ गते काठमाडौमा हुने भएको छ ।
माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा जारी पार्टी पोलिटव्यूरो बैठकले महाधिवेशनको मिति तय गरेको हो । रामबहादुर थापा नेतृत्वको क्रान्तिकारी नेकपा माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी लगायत दस कम्युनिष्ट घटकहरुबीच पार्टी एकता भएपछि महाधिवेशनमा जाने सहमति भए बमोजिम केन्द्रले महाधिवेशन गर्न लागेको हो । यसअघि माओवादीले आफ्ना सबै कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरिसकेको छ ।

प्रतिक्रियाहरु