मानव तस्करीमा सभासदको लस्कर – बुद्धशरण शाही

२०७३ असार २२ गते, बुधबार

मानव तस्करी र सरकारी कागजपत्र किर्ते गरेको अनुसन्धानमा माओबादी केन्द्रका आठ सांसद तानिएका छन् । स्पेन जान पेस गरेको सरकारी पत्र नक्कली बनाएर अर्कै व्यक्तिको नाम थपेर मानव तस्करीमा संलग्न रहेकोबारे प्रहरीले उनीहरूलाई अनुसन्धानको दायरामा ल्याएको समाचार सार्बजनिक भएको छ । अनुसन्धानको दायरामा तानिएका आठै सांसद माओवादी केन्द्रको भएको बताइएको छ । परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागको सिफारिस पत्र किर्ते गरी नक्कली पिए बनाएर असम्बद्ध ब्यक्तिको नाम थपेको विषयमा केन्द्रिय अनुसन्धान ब्युरोले माओवादी केन्द्रका सांसद गोमा कुँवर, डोरप्रसाद उपाध्याय, श्रृजना तमारु खत्री, सन्तकुमार थारु, रुपा महर्जन श्रेष्ठ, राममाया बोगटी, दिलमाया धामी र धना पहरीमाथि अनुसन्धान अगडी बढाएको बताइएको छ । यो घटनावाट जनताकै करबाट तलब भत्ता खाएर देश बिकाश र जननेतृत्वदायी भूमिका खेल्ने जिम्मा पाएका र सत्ता सम्हालेका प्रचण्ड नेतृत्वको नेकपा माओबादी केन्द्रका आठ सभाषदको कालो कर्तुत छताछुल्ल भएको छ । यो कर्तुतले प्रष्ट पार्छ कि यिनीहरु जनताका लागि होइन राजनीतिका नाउमा भुडी नीतिको लागि मात्र राजनीतिको नाटक गरिरहेका छन । यी जत्था संबिधानसभाभित्र खूलेआम नाटक देखाउन र जनतालाई झुक्याने लाइसेन्सधारी भएको ठोकुवा गर्न यो घटना पछि रत्तिभर पनि शंका मानि रहनु नपर्ला l आम जनताले यस्ता सरकारी छाप नक्कली , दुरुपयेग ,किर्ते , मानवतस्कर गरेको अवस्थामा हुने सजाय पक्कै यी सभासदहरुलाई हुन्न होला ? यी त जनताको सेबक होनाहार माननीय ज्युहरु परे । यिनीहरुलाई राजनैतिक कवचले बचाउला l तर यो पार्टीका नेतृत्व सम्हालेका पुष्पकमल दाहालले यिनका इज्जत बचाएर पार्टीकै गरिमा नै दाउमा राख्लान त ? अब आम जनताको चासो यता रहेको छ l
जनताले नचुनेका , पार्टीले छानेका ,समानुपातिक सभासदको यो बैमानी पछि जनताको प्रश्न हुने छ अध्यक्ष प्रचण्डलाई । अब प्रचन्डले कुहिएको संगै – संगै राख्छन या मिल्काएर पार्टीको इज्जत बचाउछन । यो भविष्यले देखाउला । चर्चित राता राहदानी काण्ड भन्दा कम छैन अहिलेको यो झुटो स्वकीय सचिब बनाई मानव तस्कर र सरकारी छाप दुरुपयेग , किर्ते काण्ड । यी ८ सभासदलाई कानुनले छुन्छ कि छुदैन । मात्र नक्कली डाक्टरलाई धुमधामसंग कारवाही हुने होकी ? सभासद्को भेषमा मानवतस्कर सिहदरवार , संबिधान सभा भित्रै रहेर देश बिरुद्द हानि गर्नेलाई के होला ? हेर्न बाकि छ । यी सभासद नक्कली डाक्टरभन्दा ठुला अपराधि ठहरिलान कि नठहरिलान ? यी ८ सभासदको कारण अरु सभासदलाई हेर्ने दृष्टिकोण जनताको अब कस्तो रहला ? सभासद जस्तो मर्यादित पदको दुरुपयोग गर्नेलाई जबसम्म कानुले छुदैन तबसम्म कानुन प्रतिको बिस्वास कसरि रहला ?

प्रतिक्रियाहरु