‘साइलेन्स अफ द समिट’ सार्वजनिक

२०७३ जेष्ठ १७ गते, सोमबार

काठमाडौँ, १७ जेठ । नेपालको साहसिक पर्यटन (पर्वतारोहण) बारे पुस्तकका माध्यमबाट विश्वभर प्रचार गर्दै आएकी चिनियाँ आरोही वाङ जिङको दोस्रो कृति ‘साइलेन्स अफ द समिट’ सार्वजनिक भएको छ । सर्वोच्च शिखर सगरमाथाको तीनपटक सफल आरोहण गरेकी लेखक वाङले आफ्नो पछिल्लो पुस्तकमा सगरमाथासहित सात महादेशका अग्ला हिमालको अवस्था र आरोहण भोगाइबारे उजागर गरेका छन ।
त्यस्तै पुस्तकमा आरोही वाङले सात महादेशका आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणका अनुभूति र अवस्थितिलाई पुस्तकमा समेटिएको छ ।
एभरेष्ट फिउचर फाउन्डेसनले प्रकाशनमा ल्याएको उक्त पुस्तकमा आरोही वाङले १४३ दिनमा विश्वका सात महादेशका आठ हजार मिटरभन्दा अग्ला हिमालको उत्तर र दक्षिण दिशाबाट आरोहण गरेको र तिनको सांस्कृतिक महत्वलाई समेत उल्लेख गरिएको छ ।
आरोही वाङ्को उक्त पुस्तक प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरे । चिनियाँ र अङ्ग्रेजी भाषामा प्रकाशित सो पुस्तक नेपालको पर्वतीय पर्यटनमा उपयोगी हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु