सत्ता राजनीतिमा कटुतापूर्ण ध्रुविकरण सुरू – भरत दाहाल

२०७३ बैशाख २५ गते, शनिबार

सरकार परिवर्तनकाे खेल र त्याे प्रयास उल्टिएकाे घटनामा देखापरेकाे एउटा दृष्यलार्इ धेरै मानिसहरूले ध्यान दिएका छैनन् । सरकार ढाल्ने याेजनाकाे असफलतासंगै यसबारेमा विभिन्न सञ्चार माध्यमहरूमा अाएकाे उस्तै प्रकारकाे समाचार हाे- सरकार ढाल्न नदिन चिनियाँहरूले गरेकाे प्रयास । यसभन्दा पहिले पनि नेपालकाे राजनीतिकाे उतार चढावमा चिनियाँहरूकाे कुनै न कुनै प्रकारकाे भूमिका नरहेकाे हाेर्इन तर यसपालिउस्तै भाव दिने गरि विभिन्न सञ्चार माध्यमहरूमा यस्ताे समाचार अत्यन्त खुला रूपमा अाएकाे छ। चिनियाँ रूची विना त्यसकाे भूमिका बारे समाचार अाउन असंभव जस्तै थियाे पहिले ।
के चीनले नेपालकाे राजनीतिमा पश्चिमाहरू र भारतीयहरूकाे नग्न दादागिरीलार्इ नछाेड्ने खुला संकेत दिन खाेजेकाे हाे ? निश्चित रूपमा यहि हाे। सरकार ढाल्ने खेलकाे चुराे कुरा नै चीनसंग भएका संझाैताहरूकाे कार्यान्वयनलार्इ राेक्नु थियाे भन्ने तथ्यबारे चिनियाँहरू अनभिज्ञ थिएनन्। त्यसैले चस्नले सरकार ढाल्ने याेजनाकाे विराेधमा अाफ्नाे भूमिकालार्इ सार्वजनिक गरेर चेतावनीकाे संदेश दिएकाे छ ।
याे घटना नेपालकाे सत्ता राजनीतिकाे इतिहासमा बिल्कुलै नयाँ माेड हाे । याे घटनाले नेपालभित्र इण्डाे-पश्चिम र चिनियाँ-रूसी कित्तालार्इ स्पष्ट रूपमा सतहमा ल्यार्इ दिएकाे छ। याे घटनापछि सत्ता राजनीतिमा कटुतापूर्ण ध्रुविकरण पनि सुरू भएकाे छ। सरकार विघटनकाे षढयन्त्रमा असफल भएकाे भारतले सुरू गर्ने वितण्डाकाे प्रतिराेध गर्न अाम तयारी हुन जरूरी देखिन्छ ।

प्रतिक्रियाहरु