माओवादीद्धारा ईन्जिनियरलाई कालो मोसो

२०७२ चैत्र २९ गते, सोमबार

काठमाडौँ । जाजरकोट जिल्ला प्राविधिक कार्यालय प्रमुख ईन्जिनियर जयराम श्रेष्ठलाई नेकपा माओवादी कार्यकर्ताले कालो मोसो दलेका छन् । योजना निर्माण तथा कार्यालयका अन्य काममा भ्रष्टाचार गरेको आरोप लगाउँदै श्रेष्ठको कार्यकक्षमै पुगेर उनीहरुले कालो मोसो दलेका हुन् । चाररपाँच जनाको समुहमा सेवाग्राही बनेर ईन्जिनियरको कार्यकक्षमा गएका माओवादी कार्यकर्ताले आइतबार दिउसो श्रेष्ठलाई कालो मोसो दलेको प्रहरीले जनाएको छ । श्रेष्ठलाई कालो मोसो लगाउने दुई माओवादी कार्यकर्तालाई प्रहरीले प्रकाउ गरेको छ । प्रहरीले अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेमबहादुर शाहीलाई सदरमुकामको ठाँटीबजार र हरीवहादुर थापालाई होलु जिउलावाट पक्राउ गरेको हो । पक्राउ परेका माओवादी कार्यकर्तालाई सार्वजनिक अपराधको मुद्दा चलाइने प्रहरीले जनाएको छ । एक जनाले खाली फाइल देखाउँदै गरेको अवस्थामा अर्का माओवादी कार्याकर्ताले श्रेष्ठको अनुहारमा कालो मोसो लगाइ दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु