वैद्य माओवादीमा बादलको बबन्डर

२०७२ चैत्र २७ गते, शनिबार

काठमाडौँ । एमाओवादीसँग पार्टी एकता गर्ने विषयमा बसेको नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठक रणसंग्राममा परिणत भएको छ । गत चैत १२ गते पार्टीको नेवाः राज्यको कार्यालय कुपण्डोलमा बसेको बैठक निर्णयमा पुग्न नसकी पटक–पटक स्थगित हुँदै आएको छ । १९९ सदस्यीय केन्द्रीय सदस्य रहेको क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठकमा १६६ जना मात्र सहभागी भएको एक केन्द्रीय सदस्यले बताए । पार्टी एकता सिद्धान्तनिष्ठ हुनुपर्ने किरणको प्रस्तावलाई बैठकमा उपस्थित अधिकांश केन्द्रीय सदस्यले समर्थन जनाएपछि बिनासर्त एमाओवादीमा पार्टी विलय गर्नुपर्ने महासचिव रामबहादुर थापा बादलको पुरक प्रस्तावले हावा खाएको छ । केन्द्रीय समितिको बैठकमा प्रचण्डको ललीपपमा फसेर महासचिव बादलले बिनासर्त पार्टी एकताको प्रस्ताव ल्याएर पार्टी, क्रान्ति र जनताप्रति घात गरेको भन्दै चर्को आलोचना भएको थियो । केन्द्रीय समितिको बैठकमा आफ्नो प्रस्ताव पास हुन नसक्ने निश्चित भएपछि अहिले महासचिव बादल घाइते सिंह जस्तो बनेको एक केन्द्रीय सदस्यले बताए । उनका अनुसार अहिले महासचिव बादल जसरी हुन्छ, बिनासर्त पार्टीलाई एमाओवादीमा विलय गराउन न्वारानदेखिको बल निकालेर लागिरहेका छन् । जसको कारण केन्द्रीय समितिको बैठक सम्पन्न हुन सकेको छैन । महासचिव बादल अहिले दैनिक गुट, उपगुटको भेला गर्ने, पार्टी अध्यक्षलगायत वैद्य पक्षधर नेताहरुलाई धम्काएर, फकाएर, लोभलालच देखाएर बिनासर्त पार्टी एकताको पक्षमा लागिरहेका छन् । महासचिव बादलको यी सबै कार्यप्रति एमाओवादीका अध्यक्ष प्रचण्डको हात र साथ रहेको उनको ठोकुवा छ ।
पार्टीको केन्द्रीय समितिको बैठक सकिएपछि पनि हप्ता दिनसम्म केन्द्रीय समितिको सदस्यहरुलाई काठमाडौँ बस्ने जोहो पनि एमाओवादीका अध्यक्ष प्रचण्डले नै गरिदिएका ती नेताको ठोकुवा छ । अहिले महासचिव बादललाई प्रधानमन्त्रकिो लोभ देखाएर प्रचण्डले प्रयोग गरिरहेका छन्, जसको फलस्वरुप महासचिव बादल आफ्नो विगतको क्रान्तिकारी छवि बिर्सिएर एमाओवादीमा समाहित हुन मरिमेटेर लागेका छन् । उनले पार्टीको केन्द्रीय समितिको बैठकमा बिनासर्त पार्टी एकता भनेपछि तीव्र आलोचना व्यहोर्दा पनि आत्तिएका छैनन् । एमाओवादी अध्यक्ष प्रचण्डको निर्देशनबमोजिम पार्टी अध्यक्ष मोहन वैद्य किरणसहितलाई फकाएर धम्काएर, लोभलालच देखाएर वा जसरी भए पनि बिनासर्त पार्टी एकताको निम्ति अहिले उनी अहोरात्र खटिरहेका छन् । पार्टी अध्यक्ष वैद्यलाई तर्साउन र दबाब दिन उनले पार्टी एकताको पक्षमा हस्ताक्षरसमेत संकलन गर्न थालेका छन् । तर, उनको त्यो अभियानले पनि सफलता पाउन नसकेको ती केन्द्रीय सदस्यको भनाई छ ।
क्रान्तिकारी माओवादीको गत चैत १२ गतेदेखि सुरु भएको बैठकमा १९९ जना केन्द्रीय सदस्यमा १६६ जनाको सहभागिता रहेको थियो, जसमध्ये झन्डै सय जनाले अध्यक्ष किरणको सिद्धान्तनिष्ठ पार्टी एकताको पक्षमा खुलेर समर्थन गरेका थिए । उनीहरुले बिनासर्त पार्टी एकता, पार्टी, क्रान्ति र जनतामाथि घात हुने भन्दै महासचिव बादलको चर्को आलोचना गरेका थिए । यसरी बैठकमा महासचिव बादलको पुरक प्रस्ताव खारेज गर्न माग गर्नेहरुमा पार्टी अध्यक्ष मोहन वैद्य किरण, चन्द्रप्रकाश गजुरेल, परि थापा, रामसिंह श्रीष, सिताराम तामाङ, हरिभक्त कँडेल, इन्द्रमोहन सिग्देल, तेरम सुवेदी, केवि गुरुङ, हर्कबहादुर शाही, कमल चौधरी, चन्द्रहरि सुवेदी, दिनेश शर्मा, पवनमान श्रेष्ठ, दिलिपकुमार प्रजापति, सुरेश आलेमगर, श्रीनाथ अधिकारी, कृष्णदेवसिंह दनुवार, राम आचार्य, रोशन जनकपुरी, कर्णजीत बुढा, नरेश भण्डारी, आइपी खरेल, हस्तबहादुर केसी, धनेश्वर पोखरेल, हरिबहादुर चुमान, लक्ष्मी मुठभरी, ईश्वरचन्द्र ज्ञवाली, हरिमणि दुःखी, कुमार शाह, डाचाराम वाग्ले, नगेन्द्र राई, केशबहादुर परियार, देवेन्द्र श्रेष्ठ, चाहाल, लक्ष्मण जोशी, विदुर, हुकुमबहादुर सिंह, अम्बिका रेग्मी, जगदीशचन्द्र भण्डारी, मोहनसिंह तामाङ, पिताम्बर आचार्य, कान्छाराम तामाङ, मोहन, आदर्श, सत्यनारायण शेरचन, टीकाराम पौडेल, दुर्गा राई, शिव श्रेष्ठ, हिमशिखर, ओमकुमारी खापुङ, अनुकूल, उर्मिला श्रेष्ठ, केवि फुदुङ, विजय साङपाङ, विकास, ओम गुरुङ, तासी, दिल्लीराम बोहोरा, सोनाम लामा, लोचन केसी, विरबल, भानु श्रेष्ठ, रामनारायण सिंह, आदित्य, रोशन, अम्बर परियार, महेश, शान्तिमान कार्की, किरण शाही, पारस, मदन, पूर्णबहादुर खड्का, कृष्ण गुरुङ, रामजी, नवीन, जयन्ती लुइँटेल, चक्रपाणि शर्मा, रत्न, ईश्वरी, सुरेश श्रेष्ठ, निलबहादुर पुन, देवीलाल, मनोज श्रेष्ठ, सालिक काफ्ले, अम्बिका मुडभरी, किरण, शिवराम यादव, प्रेमसागर पौडेल, सुरेश गौतम, जेबी रसाइली, प्रतिभा श्रेष्ठ, बद्री बजगाई, लक्ष्मण पन्तलगायत थिए भने बादलको पक्षमा करिब ६० जना केन्द्रीय सदस्यले किरणसहितको पार्टी एकताको पक्षमा जोड दिएका थिए । यी सबै तथ्यलाई हेर्दा एमाओवादीका अध्यक्ष प्रचण्डको ललीपपमा रमाएर महासचिव रामबहादुर थापा बादलले पार्टीभित्र जतिसुकै बबन्डर मच्याए पनि उनी सफल नहुने निश्चित देखिन्छ । सिङ्गो पार्टीलाई एकतामा लान नसकेपछि प्रचण्डले पनि बादललाई विश्वास नगर्ने र आफ्नो पार्टीमा समेत बादलको बद्नाम हुने निश्चित देखिन्छ ।

प्रतिक्रियाहरु