खुमवहादुर सिद्धान्तसम्मत कुरा गर्ने व्यक्ति होइनन : बामदेव

२०७२ चैत्र ३ गते, बुधबार

काठमाडौ । एमाले नेता बामदेव गौतमले खुमवहादुर खड्का सिद्धान्तसम्मत कुरा गर्ने व्यक्ति नभएको जिकिर गरेका छन । गौतमले काँग्रेस नेता खुबहादुर खड्काले संचारमाध्यममा एमाले विभाजनमा आफ्नो हात रहेको दावी गरेपछि वक्तव्य नै निकालेर त्यसको खण्डन गर्दै सो कुरा बताएका हुन् । खुमबहादुरको अभिव्यक्तिविरुद्ध बामदेवगौतमले जारी गरेको वक्तव्यको पूर्ण बिबरण यस प्रकार रहेको छ – “नेपाली काँग्रेसका नवनिर्वाचित नेता खुमवहादूर खड्काले नेकपा(एमाले) विभाजनमा आफ्नो प्रमुख हात रहेको भन्दै म वामदेव गौतमलाई साक्षीका रुपमा प्रस्तुत गरेको विषय प्रति मेरो गम्भीर ध्यान गएको छ ।
खुमवहादुर खड्कासँग मेरो पार्टी विभाजनका अगाडि वा तत्काल पछाडि पनि भेट भएको थिएन । खुमवहादुरसँग मैले सल्लाह गर्नुपर्ने कुनै आवश्यकता थिएन र त्यो कुनै पनि अवस्थामा महसुस पनि गरिन । खुमवहादुर खड्का सिद्धान्तसम्मत कुरा गर्ने व्यक्ति भएको कहिल्यै महसुस पनि मैले गरिन । खुमवहादुर जस्ता व्यक्तिहरु एमाले विभाजनमा कुनै न कुनै तरिकाले लागेका छन् भन्ने थाहा मात्र पाएको भए पार्टी विभाजनमा मेरो संलग्नता कुनै पनि हालतमा हुने थिएन ।
विभाजन पछि काँग्रेस सरकारमा नेकपा(माले) सामेल हुने सन्दर्भमा खुमवहादुरसँग भेट भने भएको थियो । उनले मलाई त्यसबेलाका आइ.जि.पी. अच्यूत कृष्ण खरेललाई हटाउने विषय तपाइले उठाउनु होला गिरीजाबाबुले मान्नुहुन्छ भनेर सुझाव दिएका थिए । त्यसलाई मैले अडान राख्नाले कोइराला सरकारमा सामेल भैसकेपछि त्यही कारण सरकारबाट हट्नुप-यो । जुन घटना तत्कालिन नेकपा(माले) का निम्ति आत्मघाती भयो ।
नेकपा(माले) संचालनका लागि खुमवहादुर गिरीजा प्रसाद कोइरालाबाट वा उनिहरु नजिकका व्यवसायी वा अन्य कुनै काँग्रेसका कारण मैले एक रुपैया पनि सहयोग वा अन्य चन्दा स्वरुप पनि लिएको थिइन । त्यसबेला सहयोग गर्ने व्यक्तिहरु अहिले पनि जिवीत छन् र उनिहरु अहिले सबै एमाले पार्टी भित्र वा एमालेकै शुभचिन्तक भएर रहेका छन् । “

प्रतिक्रियाहरु