माओवादीद्वारा अायल निगम घेराउ

२०७२ चैत्र १ गते, सोमबार

काठमाडौं, १ चैत । नेकपा माअाेवादीले नेपाल अायल निगमकाे निजीकरण र पेट्राेलियम पदार्थमा भइरहेकाे कालाेबजारी, कमिसन र कृतिम अभावविरुद्ध काठमाडाैँमा प्रदर्शन गरेकाे छ । काठमाडाैँकाे माइतिघर मण्डलाबाट सुरु भएकाे विराेध र्याली नेपाल अायल निगममा पुगेर घेराउमा परिणत भएकाे थियाे ।
माओवादीले नेपाल आयल निगममा उच्चपदस्थ कर्मचारीको मिलेमतोमा पेट्रोलियम पदार्थमा कालोबजारी भैरहेको भन्दै निगमको केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् । माओावदी कार्यकर्ताले निगमको कार्यालय अगाडि आधा घन्टा धर्ना दिएका थिए । र्यालीपछि आयोजित विरोधसभालाई सम्बोधन गर्दै माओवादीका नेताहरुले निगमकै उच्चतहमा बसेका व्यक्तिको संरक्षणमा कालाबजारीहरुले इन्धन आपूर्ति तथा वितरण कार्यलाई अस्तव्यस्त बनाएको बताए । उनीहरुले बजारमा तत्काल आपूर्ति सहज तथा मूल्यबृद्धि नरोकिए निगमकै कर्मचारीहरुमाथि कारबाही थाल्ने चेतावनी दिएका छन् ।

प्रतिक्रियाहरु