माओवादीले आयल निगम घेराउ गर्ने

२०७२ चैत्र १ गते, सोमबार

काठमाडौं, १ चैत । नेकपा माओवादीले निजी कम्पनिलाई पेट्रोलियम पदार्थ बिक्रि बितरण गर्न दिएको अनुमति खारेज गर्न , मुलुकमा व्याप्त कालोबजारी, भ्रष्टाचार र अनियमितता रोक्न माग गर्दै आज राजधानीमा बिशेष प्रदर्शन गर्दैछ । आज मध्यान्ह १२ बजे सुरू हुने प्रदर्शन बबरमहलस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय पुगेर घेराउमा परिणत हुने बताइएको छ । तेल र ग्यासमा भएको कालोबजारी तथा नेपाल आयल निगमलाई निजीकरण गर्ने षड्यन्त्र विरुद्ध प्रदर्शन गर्न लागेको माओवादीको ठोकुवा छ । माओवादीले बिगतदेखि नै तेल र ग्यासमा भइरहेको कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग गर्दै आएको छ । कालोबजारी नियन्त्रण नगरिए आफूहरू चुप लागेर नबस्ने ‘विप्लव’ माओवादीको भनाइ छ ।

प्रतिक्रियाहरु