महिलाहरु एकजुट हुन आबश्यक : भुजेल

२०७२ फाल्गुन २१ गते, शुक्रबार

काठमाण्डौ ,२१ फागुन । नेकपा माओबादीकी पोलिट ब्युरो सदस्य उमा भुजेलले उत्पीडित महिलाको मुक्तीका निम्ती बिभिन्न राजनितीक बिचार धारामा बिभाजित महिलाहरु एकजुट हुन आबश्यक रहेकोे बताएकि छन । उनले एक सय ६ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवशको पुर्बसन्धामा अखिल नेपाल महिला संघ क्रान्तिकारीले राजधानीको संबाद डबलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएकी हुन् । कार्यक्रममा उनले महिलाका अधिकार प्राप्तीका लागि सबै एकजुट हुनुपर्ने बताइन । जनयुदमा आफुहरुले जनमुक्ति सेना , सत्ता ,संगठन र निती निमार्णका तह सम्म समान रुपले महिला सहभागिता गराएर उदाहरण पेश गरीसकेको उनको भनाई छ । उनले त्यसबेला नेपाली महिला मुक्तिका लागि मात्र नलडेर बिश्बभरका उत्पीडित महिलाको उर्जा र अनुकरणीय बन्न सफल भएपनि शान्त्तिप्रक्रिया पछि आफुहले उठाएका मुद्धाहरु स्थापित गर्न नसकेको प्रति दुख ब्यक्त गरिन । नेतृ भुजेलले अहिलेको सत्ता दलाल पुजिँपतीको हातमा रहेकाले यसबाट महिला मुक्तिको अपेक्षा गर्न नसकिने बरु यस बिरुद्ध संघर्ष र आन्दोलन गरेर महिला स्वयम निती निमार्णको तहसम्म पुग्नुपर्ने औल्याइन । बर्तमान अबस्थामा महिलाहरुले एक अर्काका समस्या पहिचान गर्न नसक्दा थप समस्या बढ्दै गएको र महिलाहरु जटिल अबस्थामा पुगेको र जनताका समस्या हल गर्न नसक्ने र बिदेशी हस्तक्षेपको बिरोध गर्न नसक्ने बर्तमान सरकार इतिहासकै कमजोर र लाचार सरकार रहेको उनको ठोकुवा थियो ।
यस्तै अन्तरक्रिया कार्यक्रममा एमाले निकट अखिल नेपाल महिला संघकी कार्यबाहक अध्यक्ष गोमा देबकोटाले आफु लामो समय देखी महिला हक अधिकार बिषयमा लडिरहेको बताइन । उनले बिगतको भन्दा अहिले महिलाका अधिकारहरु स्थापित हुदै गएको भन्दै देशकै सर्वोच्च पदमा राष्ट्रपति महिला हुनु त्यसको उदाहरण भएको बताइन ।
यस्तै एकिकृत माओबादी निकट महिला संघकी संयोजक धर्मशिला चापागाइले महिला मुक्ति आज आबश्यक रहेको बताइन । नया शक्ति नेपालकी अभियन्ता कल्पना धमालाले भने दिबशलाई औपचारीक रुपमा मनाउने भन्दा पनि त्यसको ब्यबहारीक पक्षलाई जोड दिनुपर्ने बताइन ।
यस्तै अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय महिला आयोगकी कार्यबाहक अध्यक्ष मनु हुमागाइले लैङगिक समानताका लागि पाइला हाराहारी , सन २०३० सम्म हिस्सा बराबरी भन्ने अन्तराष्ट्रिय नारा नेपालका श्रमिक महिलाहरुको हक सुनिश्चित गर्न पनि लागु गर्नुपर्नेमा जोड दिएकि थिइन् ।

प्रतिक्रियाहरु